china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका, रुस र ब्राजिल आदि मुलुकहरुव्दारा चीनलाई सहायता
    (GMT+08:00) 2008-05-20 16:30:35    

            अमेरिका, रुस, ब्राजिल आदि मुलुकहरुले चीनको स छुआनको वन ठुआनमा गएको भूकम्पबाट प्रभावितहरुको सहयोगका लागि चीनलाई सहायता दिएका छन।

            अमेरिका सरकारले फेरि एक पटक दश लाख अमेरिकी डलर बराबरको सामान प्रदान गर्ने निर्णय गरेको छ। ती सामानहरुमा खाद्यपदार्थ, विजुली निकाल्ने मेशिन, विजुलीव्दारा सञ्चालित काट्ने मेशिन र कम्प्रेसर मेशिन आदि समावेश छन। ती सामानहरु अमेरिकाले विशेष विमानव्दारा स छुआनको सदरमुकाम छङ्ग तु पठाउने योजना छ। अहिलेसम्म अमेरिका सरकार र विभिन्न क्षेत्रले चन्दाका रुपमा चीनलाई प्रदान गरेको नगद र जिन्सीको कूल मूल्य तीन करोड चालीस लाख अमेरिकी डलर पुगेको छ।

            यसैबीच, रुसको उपचारक टोली आज बीस तारिखका दिन विहान विमानव्दारा स छुआनको छङ्ग तु नगर पुगेको छ। उक्त विमानमा घुम्ती अस्पताल, यायातका साधन र उद्धार सामग्रीहरु छन। आज दिउँसो छत्तीस टन मानवीय उद्धार सामग्री बोकेको रुसको अर्को एउटा विमान छङ्ग तु पुगेको छ।

            त्यसैगरी, ब्राजिल आदि छवटा ल्याटिन अमेरिकी मुलुकहरुले पनि चीनको परराष्ट्र मन्त्रालयलाई उद्धार सामग्रीहरुको तालिका हस्तान्तण गरिसकेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040