चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा बोल्दै चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भयंकर भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाजले दिएका सांत्वना तथा सहायता भौतिक सहायता हुनुका साथै मानसिक उत्प्रेरणा पनि हो र चीन सरकार तथा चिनियाँ जनताले त्यसप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका छन भन्नुभयो।
प्रवक्ता छिन कांगले चीन सरकारको कुशल नेतृत्व तथा अन्तर्राष्ट्रिय समाजको ठूलो सहायतामा समस्त चिनियाँ जनताले एकताबद्ध भएर सम्पूर्ण कठीनाइमाथि विजय हासिल गर्ने र भूकम्पपछिको उद्धार कार्य गर्ने विश्वास हामीले गरेका छौं भन्नुभयो।
हाल एक सय छयसठीवटा मुलुक तथा तीसवटा भन्दा बढी अन्तर्राष्ट्रिय संगठनले चीनप्रति सांत्वना व्यक्त गरेका छन भने चीनस्थित एक सय भन्दा बढी मुलुकका राजदूताबास तथा अन्तर्राष्ट्रिय संगठन वा संस्थाहरुले भूमक्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्न तिनीहरुका राष्ट्रिय झण्डा आधा झुकाएका छन।
|