|

विदेशस्थित चीनका राजदूताबास, अन्तर्राष्ट्रिय संगठनका कार्यालय, चिनियाँ लगानीमा संचालित संस्थाहरु, चिनियाँ मूलका विदेशी तथा चिनियाँ प्रवासीहरुले हिजो वन छ्वानमा गएको भूकम्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली कार्यक्रमको आयोजना गरे।

पैचिङ समयअनुसार, हिजो विहान सबेरै विश्वको विभिन्न क्षेत्रस्थित चीनका राजदूताबास, अन्तर्राष्ट्रिय संगठनका कार्यालय, चिनियाँ लगानीमा संचालित संस्थाहरु, चिनियाँ शान्ति सेनाले वन छ्वानमा गएको भूकम्पमा परी मारिएकाहरुको आत्माको चिर शान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दै चीनको राष्ट्रिय झण्डा आधा झुकाएका छन।

पैचिङ समयअनुसार, हिजो दिउँसो दुइ बजेर अट्ठाइस मिनेट जाँदा विदेशस्थित चीनका राजदूताबास, अन्तर्राष्ट्रिय संगठनका कार्यालय, चिनियाँ लगानीमा संचालित संस्थाका कर्मचारीहरु, चिनियाँ शान्ति सेनाका जवानहरु, चिनियाँ चिकित्सा टोलीका सदस्यहरुले मातृ-भूमिका जनतासँगै मिलेर वन छ्वानमा गएको भकम्पमा परी मारिएकाहरुको आत्माको चिर शान्तिका लागि हार्दिक श्रद्धान्जली अर्पण गर्दै तीन मिनेट मौन धारणा गरेका छन।
|