हिजो बेलुकी नौ बजेसम्म, स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भयंकर सरुवा रोग तथा आकस्मिक सार्वजनिक स्वास्थ्य घटनासम्बन्धी समाचार प्राप्त भएको छैन।
चिनियाँ स्वास्थ्य मन्त्रालयबाट प्राप्त समाचारअनुसार, स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भूकम्पबाट प्रभावित क्षेत्रमा आकस्मिक सार्वजनिक स्वास्थ्य घटनासम्बन्धी सूचना दिने कार्यको छिटै पुन:स्थापना गर्नका लागि प्रत्यक्ष नेटवर्क प्रणालीको पुन:स्थापनाअघि ती क्षेत्रहरुमा मोबाइलमार्फत सरुवा रोग तथा आकस्मिक सार्वजनिक स्वास्थ्य घटनाको अवस्थाबारे जानकारी दिइनेछ। चिनियाँ स्वास्थ्य मन्त्रालयले चिनियाँ समाजद्वारा प्रदान गरिएका चार सयवटा मोबाइल तुरुन्तै छंग तु शहर पुर्याउनुका साथै प्राविधिक तालिम दिन स छ्वान प्रान्तमा सम्बन्धित विशेषज्ञहरु पठाउने छ।
|