चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जर्मनीले आफ्नो व्यावहारिक गतिविधिमार्फत एक चीनको नीति बारेको आफ्नो वचनवद्धतालाई कायम राखी दलाइलाई गलत संकेत नदिने आशा चीनले गरेको छ भन्नुभयो।
हिजो उन्नाईस तारिख दिउँसो दलाइले जर्मनीमा भाषण दिनुका साथै जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रीसित भेटघाट गरेको थियो। त्यसरी श्री छिङ्ग काङ्गले सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।
उहाँले के कुराको पुनर्पुष्टि गर्नुभएको छ भने, चीनले दलाइको प्रयोग गरी चीनका मामिलाहरुमाथि हस्तक्षेप गर्नखोज्ने कुनै पनि मुलुक, कुनै पनि संगठन र कुनै पनि मानिसहरुको दृढताका साथ विरोध गर्दैआएको छ।
|