
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा भूकम्प ग्रस्त स छ्वान प्रान्तको सहायताका लागि आएको जापानी उद्धार टोलीको कार्यको उच्च मूल्यांकन गर्नुभयो। परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा जापानी पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता छिन कांगले उक्त कुरा वताउनुभएको हो।

यसका साथै उहाँले भूकम्प ग्रस्त क्षेत्र पुग्नलागेका जापानका चिकित्सकहरुसँग चीनले घनिष्ठ सहयोग गरेर घाइतेहरुको उपचार कार्यलाई राम्रोसँग गर्ने कुरा पनि वताउनुभयो।
उहाँका अनुसार, स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भूकम्प भएपछि चीनमा उद्धार टोली पठाउने पहिलो मुलुक जापान हो। जापानी उद्धार टोली भूकम्पग्रस्त क्षेत्र पुगेपछि जोडतोडसँग खोजतलाशी तथा उद्धार कार्य शुरु गरेको थियो।
|