 स छ्वान प्रान्तको वन छ्वान जिल्लामा गएको भयंकर भूकम्पबाट प्रभावित क्षेत्रमा मालसामानको आपूर्ति तथा सर्वसाधारणको जीवनलाई प्रत्याभूति दिन चीन सरकारले सक्दो प्रयास गरिरहेको छ।
हाम्रा सम्वाददाताद्वारा चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनबाट प्राप्त समाचारअनुसार, आज मध्यान्ह बाह्र बजेसम्म स छ्वान प्रान्त, कान सु प्रान्त, छुंग छिंग शहर पल्लो शान सि प्रान्त तथा युन नान प्रान्तलाई जरुरी उद्धार रकम दुइ अरब पचास करोड आर.एम.बि पुगेको छ।
आज दिउँसो एक बजेसम्म चिनियाँ समाजका विभिन्न क्षेत्रले प्रदान गरेको रकम तथा सामानको कूल मूल्य तेह्र अरब नब्बे करोड आर.एम.बी पुगीसकेको छ।
आज बेलुकी छ बजेसम्म प्राप्त विवरणअनुसार, स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भयंकर भूकम्पमा परी चालीस हजार पचहत्तरजनाको मृत्यु हुनुका साथै दुइ लाख चालीस हजारजना घाइते भएका छन।
|