चिनियाँ रेड क्रोस सोसाइटीले आज बेलुकी छ बजेसम्म चिनियाँ समाजले प्रदान गरेको रकम तथा सामानको मूल्य दुइ अरब नब्बे करोड आर.एम.बि पुगेको कुरा जनाएको छ।
थाहा भएअनुसार, जापान, रुस तथा इटलीलगायतका मुलुकहरुद्वारा पठाइएका चिकित्सक टोली आज भूकम्पग्रस्त क्षेत्र पुग्नेछन। यसका साथै, अन्तर्राष्ट्रिय रेड क्रोस सोसाइटीले पठाएको एउटा वन अस्पताल मेइ तेइस तारिखका दिन छंग तु पुग्नेछ। स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भएको भयंकर भूकम्पपछि यो अन्तर्राष्ट्रिय समाजले पठाएको पहिलो वन अस्पताल हो।
|