
मे उन्नाईस तारिखदेखि आजसम्म चीनको राष्ट्रिय शोक दिवस हुन्। विदेशस्थित चिनियाँ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। हिजो राति एघार बजेसम्म सत्तरी वटा मुलुकका राष्ट्रनायक, अन्तर्राष्ट्रिय संगठाका जिम्मेवारी र विभिन्न क्षेत्रका गण्यमाण्य व्यक्तिहरुले विभिन्न मुलुकस्थित चिनियाँ दुतावासमा गएर भूईंचालोमा मृत्यूवरण गर्नुभएकाहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नुभएको छ।
आफैले शोक श्रद्धान्जली व्यक्त गर्नुभएका राष्ट्रनायकहरुमा- पाकिस्तानका राष्ट्रपति पेर्भेज मुशर्राफ, फ्रान्सका राष्ट्रपति निकोलास सार्कोची, अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुश र दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ्ग बाप आदि हुनुहुन्छ।

यसैगरी सरकारका प्रमुखहरुमा- नेपालका प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानी र बेलायतका प्रधानमन्त्री गोर्डोन ब्राउन आदि हुनुहुन्छ।
त्यसबाहेक धेरै मुलुकका संसदका प्रमुखहरु र सरकारका उच्च अधिकारीहरुले पनि चिनियाँ दुतावासमा पुगेर आफ्नो श्रद्धान्जली व्यक्त गर्नुभएको छ।

संयुक्त राष्ट्र संघका महासचिव बान कि मून, विश्व व्यापार संगठनका महाप्रबन्धक पास्कोल लामी लगायत धेरै अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुले पनि चिनियाँ दुतावासमा पुगेर मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।
|