स छ्वानको वन छ्वानको गम्भीर भूईंचालोबाट पचास लाख जनाभन्दा बढी घरवार विहिन भएका छन्। प्रकोप ग्रस्त क्षेत्रमा हाल प्रकोप ग्रस्त बासिन्दालाई बन्दोबस्त गर्ने पाल अपर्याप्त भएको छ।
चीनको नागरिक उप-मन्त्री च्याङ्ग लिले हिजो पेइचिंगको एउटा पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। हाल प्रकोप ग्रस्त सर्वसाधारणले आफ्ना इष्ट तथा साथीहरुको घरमा बस्ने उपायद्बारा यी सर्वसाधारणलाई बन्दोबस्त गरेको हो। प्रकोपमा घर विहिन भएका बासिन्दा बस्नका लागि सरकारी संस्थालगायत सबै सार्वजनिक प्रबन्ध तथा स्थान खुला गरीसकिएको छ।
प्राप्त समाचारअनुसार, प्रकोप ग्रस्त व्यक्तिहरुलाई बन्दोबस्त मिलाउनका लागि चीनको नागरिक मन्त्रालयले प्रकोप ग्रस्त क्षेत्रमा दुई लाख असी हजार वटा पाल पठाइसकेता पनि अझै अपुग रहेको पाइएको छ। प्रकोप ग्रस्त क्षेत्रमा पाल निकै अभाव भएकाले नागरिक मन्त्रालयले सात लाख वटा पाल जरुरी रुपमा किनेर पठाइसकेको छ।
|