china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँहरुमाझ नागरिकको बोध बढ्दै गएको
    (GMT+08:00) 2008-05-21 18:57:47    
             छङ यान चीनको दक्षिणी भागमा पर्ने क्वाङ तुङ प्रान्तको तुङ कुआन शहरको एक जना निजी व्यवसायी हुनुहुन्छ। स छुआन प्रान्तको वन छुवान जिल्लामा भूकम्प गएको दोस्रो दिन उहाँ र उहाँकी श्रीमतीले उद्धार सामग्री लिएर स छुआन प्रान्तको म्यान चु शहर पुग्नुभयो। बितेका केही दिनदेखि यता उहाँले आफ्ना हातले बीस जना बाल-बालिकालाई बचाउनुभएको छ। उहाँ उद्धार कार्य शुरु भएदेखि यता सबभन्दा बढी मानिसलाई बचाउने स्वयम-सेवकहरुमध्येको एक हुनुहुन्छ।

             "पहिले मैले सेनामा उद्धार कार्य गरेको थिएँ। भूकम्पको उद्धार टोलीसँग पेशागत प्रबन्ध गर्ने ज्ञान हुन्छ र मेरो उद्धार अनुभव तथा उद्धार टोलीको अनुभव मिलाएर हामीले अझ बढी बाँचेकाहरुलाई बचाउने झन राम्रो उपाय पाउन सक्ने मेरो विचार छ।"

              वन छुआनमा भूकम्प गएपछि चीनका विभिन्न क्षेत्रका स्वयम सेवकले प्रकोप ग्रस्त क्षेत्रमा उद्धार गर्न जतीसक्यो छिटो जानुभयो। उहाँहरुले रोडामा प्राण खोज्नुका साथै चन्दा दिएका लुगाफाटालाई प्रभावित मानिसहरुको हातमा समयमै वितरण गर्ने गर्नुहुन्छ। यसका साथै उहाँहरुले खाद्यान्न तथा खाने पानीलाई प्रकोप ग्रस्त मानिसहरुको पहुँचमा पुर्‍याउनुहुन्छ। यस पटक गएको भूकम्पको उद्धार कार्यमा चीनका सर्वसाधारणहरु तथा गैर-सरकारी संगठनले देखाएको सहभागीताको बोध तथा उत्तरदायीत्वपुर्ण बोधबाट चिनियाँहरुमाझ नागरिकको बोध बढिरहेको प्रतिविम्वित भएको छ।

              नागरिकको बोध सामाजिक विकास तथा प्रगतिका क्रममा सर्वसाधारणहरुमाझ उत्पन्न हुने बोध हो र त्यसमा आफ्नो तथा अरुको हक-अधिकार तथा मूल्य एवम् देश तथा समाजका लागि नागरिकको जिम्मा समावेश भएको हुन्छ।

             वास्तवमा सन् 1993मा चिनियाँ कम्युनिष्ट युवा लीगको केन्द्रिय समितिले चीनका युवा-युवती स्वयम सेवक कार्यक्रम शुरु गरेदेखि यता स्वयम सेवाको विचार चीनमा द्रुत गतिले फैलिएको देखिन्छ। "योगदान, माया, सहयोग र प्रगति" भन्ने स्वयम सेवाको भावना दिनप्रतिदिन चिनियाँहरुमाझ गहिरो बन्दै आएको क्रममा स्वयम सेवामा भाग लिने मुख्य पक्ष युवा-युवतीबाट अरु उमेरमा फैलिएर सम्पूर्ण समाजको संयुक्त कार्वाही बनेको देखिन्छ। प्राप्त तथ्याङ्क अनुसार, हाल चीनमा विविध स्वयम सेवामा भाग लिएकाहरुको कूल संख्या आठ करोड पुगेको छ। वन छुआन जिल्लामा गएको भूकम्पमा बितेका केही वर्षमा चीनमा बढेको स्वयम सेवक विचार टडकारो रुपमा देखाइएको छ।

              स्वयम सेवाको काम भनेको व्यक्तिगत रुपमा देखिएका र गर्नुपर्ने कार्यमा भाग लिनुमार्फत समाज तथा अरुका लागि आफ्नो उत्तरदायीत्वको बोधलाई देखाउनु हो भने चन्दा तथा रगतदान गर्नु आफ्नो सहभागीतामार्फत आफ्नो उत्तरदायीत्वको बोधलाई व्यवहारमा उतार्नु हो भन्न सकिन्छ।

              उक्त भूकम्प उत्पन्न भएपछि चीनका धेरै शहरमा रहेका मानिसहरुले आफ्नो इच्छाले रगत संकलन ठाँउमा गइ सक्रियताका साथ रगतदान गरेको देखिन्छ। पैचिङ्गका धेरै सार्वजनिक कल्याण्ड संगठनले पनि भूकम्पका लागि संयुक्त उद्धार कार्वाही बन्दोबस्त गरेका छन। केही वेभसाइटहरुले आयोजित गरेका चन्दा संकलन गर्ने कार्यक्रममा धेरै इन्टर्नेट प्रयोगकर्ताले भाग लिएका छन। तिब्बती लामाहरुले पनि भूकम्पमा मृत्युवरण गर्नुभएका व्यक्तिहरुको आत्माको चिर शान्तिका लागि प्रार्थना समारोह आयोजित गरेका छन। छोरा-छोरी गुमाएका आमाहरुबाट गठित शाङ्गहाइ "तारा बन्दरगाह" नामक मायालु सेवा केन्द्रले एउटा मनोबैज्ञानिक टोलीको गठन गरी भूकम्प ग्रस्त क्षेत्रमा रहेका टुहुराहरुलाई सहयोग दिइरहेको छ।

             "हाम्रा धेरै बन्धुहरु तथा छोराछोरीहरु शडकमै रहिरहेका छन। हामीले केके गर्न सक्छौं ? हामीले आफ्नो पैसा दिएर सकेसम्म हाम्रा छोराछोरी, आमाहरु तथा बन्धुहरुलाई चाँडै नै बचाउन प्रयास गर्नुपर्छ।"

              यो चीनका प्रसिद्ध गायक ली शुआङ च्याङले "मायालु योगदान" नामक चन्दा समारोहमा गर्नुभएको आह्वान हो। गत अठार तारिख बेलुकी चीनको केन्द्रिय टेलिभिजन स्टेशनले चन्दा समारोह आयोजित गर्‍यो। यो जनगणतन्त्र चीनको स्थापना भएदेखि यता सांस्कृतिक क्षेत्रमा आयोजित सबभन्दा ठूलो परिधिको चन्दा कार्यक्रम हो। समारोहमा चन्दा गरिएको कूल रकम एक अरब पचास करोड चिनियाँ युआन बराबर छ। यो भूकम्पको उद्धारका क्रममा सम्पूर्ण चिनियाँहरुले भाग लिएको मुख्य कार्यक्रम हो।

              यस पटकको भूकम्पको उद्धार क्रममा चिनियाँहरुको नागरिक बोध भूकम्पमा मृत्युवरण गरेकाहरुको आदार, शोक गर्ने कार्वाहीमा पनि देखाइएको छ।

              चीनको राज्य परिषदले निर्णय गरे अनुसार, मै उन्नाइसदेखि एकाइस तारिखसम्म राष्ट्रिय शोक दिवस हो। पैचिङ्ग समय अनुसार गत उन्नाइस तारिख दिउँसो दुइ बजेर अठाइस मिनेट जाँदा विद्युतिय आवाज बजाउँदा सडकमा हि‌डीरहेकाहरु रोकिएर, मजदूरहरुले आफ्नो काम स्थगित गरेर अनि वहान चालकहरुले पनि आ-आफ्नो सवारी यथास्थानमा रोकेर सम्पूर्ण चिनियाँहरुले भूकम्पमा मृत्युवरण गरेकाहरुका लागि तीन मिनेटसम्म मौनड्ढरण गरी शोक व्यक्त गरे। सोही दिन राती चीनका धेरै प्रान्त तथा शहरमा मानिसहरुले आफ्नो इच्छाले मैनबत्ती बालेर शोक श्रद्धान्जली कार्यक्रम आयोजित गरे।

             यस पटकको भूकम्पको उद्धारका क्रममा चिनियाँहरुले आ-आफ्नो व्यवहारमार्फत उद्धार गर्नु भनेको सरकारको मात्र जिम्मा होइन यो नागरिकहरुले अरुको हक-अधिकार, सार्वजनिक मामिला तथा देशको विकासका लागि लिनुपर्ने जिम्मा पनि हो भन्ने कुरा प्रतिविम्वित गरिएको छ। यसका साथै चीनको सामाजिक विकास क्रममा चिनियाँहरुको नागरिकको बोध पनि बढिरहेको प्रतिविम्वित भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040