china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआनमा गएको भूकम्पबाट निकै प्रभावित क्षेत्रहरुमा सरुवा रोगलाई रोक्नका लागि चौतर्फी रुपमा किटनाशक औषधिहरु प्रयोग
    (GMT+08:00) 2008-05-21 18:58:33    

             हाल चीनको स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अनेकौं उद्धारकार्यहरु तिव्रता पार्दै अझै पनि सम्भाव्य जीवित व्यक्तिहरुको खोजतलाशी गर्न उद्धारकर्मीहरु व्यस्त हुंदै आएका छन्। त्यसका साथसाथै भूकम्पग्रस्त क्षेत्रहरुमा चिकित्सकहरुले पनि चौतर्फी रुपमा सरुवा रोग नफैलियोस भनेर किटनाशक औषधिहरु प्रयोग गर्दै आएका छन्। तथ्याङ्क अनुसार ती क्षेत्रहरुमा सरुवा रोग नफैलियोस भनेर किटनाशक औषधिहरु छर्दै आएका व्यवसायिक व्यक्तिहरुको संख्या हजारौं हजार पुगिसकेको छ। उनीहरुले निकै गम्भीर अवस्थामा परेका बाह्र वटा जिल्ला वा नगरहरुमा त्यस्तै काम गर्दै आएका छन्। उनीहरुको प्रयासमा हालसम्म ती ठाउँहरुमा निकै ठूलो सरुवा रोग तथा अन्य कुनै पनि प्रकारको रोगहरु अकस्मात् उत्पन्न हुने सार्वजनिक स्वास्थ्य सम्बन्धी घटनाहरु प्राप्त गरेका छैन। अब त्यसबारे एउटा विवरण सुन्नुहोस्-

              बाह्र तारिखका दिन चीन स छुआनको वन छुआनमा गएको भूकम्पले गर्दा मानिसहरुको धनजनको क्षति भएका छन्। मृतकहरु धेरै भएको र सफा गर्न नभ्याइएका रद्दी पदार्थहरुले गर्दा तापक्रम बढ्दै आएको हाराहारीमा ठूलो परिमाण सरुवा रोग फैलन जाने निकै सम्भावना देखिएको छ। यस्तकारण सम्भावित अवस्थालाई रोक्नका लागि चीनको स्वास्थ्य मन्त्रालयले जरुरी रुपमा समस्त चीनबाट हजारौं हजार स्वास्थ्य सम्बन्धी व्यवसायिक व्यक्तिहरुलाई ती ठाउँहरुतिर पठाउँदै आएको छ। अस्ति उन्नाईस तारिखसम्म ती स्वास्थ्य सम्बन्धी व्यवसायिक व्यक्तिहरुले किटनाशक औषधिहरु प्रयोग गरेको क्षत्रफल करिव दश करोड वर्ग मिटर पुगेको पाइएको छ भने आठ हजार चार सयभन्दा बढी व्यक्तिहरुको शवको व्यवस्था मिलाई सकेका छन्। त्यस्तै उनीहरुले विशेष गरी प्रलयकारी भूकम्पका कारण मृत्यू भएकाहरुको वा घाइते भएका क्षेत्रहरुमा चौतर्फी रुपमा किटनाशक औषधिहरु प्रयोग गरेका छन्।

              म्यान याङ्ग रोग नियन्त्रित केन्द्रबाट आउनुभएका स्वास्थ्य कर्मो फुङ्ग याङ्गले गएको तेह्र तारिखदेखि पै छुआन नाउँको ग्रस्त क्षेत्रमा पुग्नुभएपछि हरेक दिनमा निरन्तर रुपमा घण्टौ-घण्टा काम गर्दै आउनुभएको छ।  

               बिहान साढे सात बजेदेखि निरन्तर रुपमा दिउँसो छ बजेसम्म काम गर्दै आएका छौं र दिनदिनै अतिरिक्त समय पनि काम गर्दै आएका छौं। हरेक दिनमा पाँच वा छ घण्टा मात्र सुत्ने गरेकाछौं। हाम्रा प्रतीरक्षा पोशाक अर्थात पँजा र मुख एवम आंखालाई छोप्ने कपडा पनि प्रशस्त छन्।

               थाहा भएअनुसार हालसम्म पै छुआन नगरमा त्यस्तै काम गरिरहेका व्यक्तिहरुको संख्या एक सयभन्दा बढी छ। तीमध्ये स्थानीय व्यक्तिहरुको अतिरिक्त चीनका च्याङ्ग सु र पैचिङ्ग आदि क्षेत्रहरुबाट गएकाहरु पनि छन्। सरुवा रोगलाई नियन्त्रिण गर्ने शक्तिलाई बढाउनका लागि चिनियाँ सेना अन्तर्गत रायानियक पदार्थको प्रतीरक्षा सेनालाई पनि त्यहाँ पठाइएको छ। उनीहरुले व्यवसायिक प्रबन्धहरुको प्रयोग गरी किटनाशक औषधिहरु प्रयोग गरेर प्रभावित दरलाई घटाउँदै आएका छन्।

               म्यान याङ्ग सरुवा नियन्त्रिण केन्द्रका जिम्मेवार व्यक्ति हु युङ्ग भन्नुहुन्छः

               हामी सबैले थकाइ र व्यस्तताको पर्वाह नगरेर प्रभावकारी कदमहरु चाली वैज्ञानिक रुपमा सरुवा रोगलाई नियन्त्रण गर्दै आएका छौं। अहिलेको अवस्थाबाट हेर्दा नतीजा राम्रो छ। सरुवा रोगको नियन्त्रण गर्नु चाहिं मुख्य रुपमा फ्याँकेका रद्दी पदार्थ र थोत्रो-मोत्रो चीजबीज, बसोबास गर्ने क्षेत्र, शव र शवलाई गाड्ने क्षेत्रहरुमा विष र कीराहरुलाई मार्नु हो।

              श्री हु युङ्गले भन्नुहुन्छः  

              सबै उद्धारकर्मीहरु भूकम्पबाट ग्रस्त क्षेत्रहरुबाट हटेर गएपछि त्यहाँको वातावरणका लागि अझै पनि किटनाशक औषधिहरु प्रयोग गरेर पानीको गुण-स्तरको जाँचबुझ गर्ने, शव सम्बन्धी समस्याको समाधान गर्ने गर्दै जानेछौं। अनि त्यसपछि हामी प्रकोपबाट ग्रस्त क्षेत्रहरुबाट हटेर जाने छौं।

              चीनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता माओ छ्युन आनले एकाईस तारिखका दिन हाम्रो रेडियोका पत्रकारसं‍गको अन्तर्वार्तामा बोल्दै हाल स छुआनमा भूकम्पबाट प्रभावित क्षेत्रहरुमा जम्मा गरी चालीस हजारभन्दा बढी चिकित्सकहरु छन्। अहिलेसम्म ती क्षेत्रहरुमा उनीहरुको प्रयासमा हालसम्म ती ठाउँहरुमा निकै ठूलो सरुवा रोग र अकस्मात् उत्पन्न हुने सार्वजनिक स्वास्थ्य सम्बन्धी घटनाहरुका बारेको जानकारी नआएतापनि सरुवा रोग हुन सक्ने सम्भावनाबाट नागरिकहरुलाई बचाउनका लागि चीनको स्वास्थ्य मन्त्रालयले अझै पनि सम्बन्धित विशेषज्ञहरुलाई पठाउने योजना बनाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040