चीनको स छुआन प्रान्तमा भएको भूकम्पका कारण पचास लाखभन्दा बढी मानिस घरबारविहिन भएका छन। त्यसैले चीन सरकारले उनीहरुलाई अस्थायीरुपमा जीवन-यापन भत्ता दिने निर्णय गरेको छ।
पत्रकारले निजामती सेवा मन्त्रालयबाट के कुरा थाहा पाएका छन् भने, सो भत्ताको मापदण्डमा तीन महिनासम्म हरेक मान्छेका लागि प्रतिदिन आधा किलोग्राम खाद्यपदार्थ र दश चिनियाँ युआन दिने व्यवस्था छ। त्यसका साथसाथै, टुहुरा-टुहुरी, कुनै नाता-कुटुम्ब नभएका बूढा-बूढी र अपाङ्गहरुलाई सरकारले हरेक महिना प्रतिव्यक्ति छ सय चिनियाँ युआन दिनेछ जसको अवधि पनि तीन महिना नै हुनेछ।
|