china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जोर्डन, इटली, युक्रेन, जापान, जर्मनी र संयुक्त राष्ट्र संघबाट चीनका लागि सामान, चिकित्सा तथा रकम सहायता प्रदान
    (GMT+08:00) 2008-05-21 16:55:56    

              केही दिनदेखि यता, जोर्डन, इटली, युक्रेन, जापान, जर्मनी र संयुक्त राष्ट्र संघले चीनको स छ्वानको भूईंचालोग्रस्त क्षेत्रका लागि सामान, चिकित्सा तथा रकम सहायतास्वरुप प्रदान गरेका छन।

              आज विहान सबेरै जोर्डनको राजधानी हसेमितेबाट चन्दा स्वरुप आएको प्रकोप उद्धार सामान विशेष विमानद्बारा छन तुको श्वाङ्ग लिउ विमान स्थल आइपुगेको छ। जोर्डनबाट सहयोगस्वरुप आएको सामान जोर्डनका राजा अब्दुल्हा द्बितीय विन अल-हुसेइनको निर्देशानुसार पठाइएको हो।

              चीनको परराष्ट्रमन्त्रालयका अनुसार, इटलीले चीनलाई दश लाख युरो रकम र पन्ध्र लाख युरोको सामान प्रदान गर्नुका साथै हाल पनि चीनलाई एउटा आवश्यक प्रवन्ध भएको घुम्ति अस्पताल र सोह्रजना चिकित्सक उपलव्ध गराउनेभएको छ।

             युक्रेनले चीनलाई उद्धारस्वरुप पाल र चिकित्सा सामग्रीलगायत पहिलो खेपका सामान एक्कायस तारिख दिउँसो  एक बजे छँग तु पुगेको छ।

             तेईस जनाद्वारा गठित जापानी चिकिसत्सा टोली हिजो राति विमानद्बारा चीनको स छ्वान प्रान्तको छन् तु आइपुगेको छ। उक्त विमानमा अरु पाँच टन चिकित्सा सामग्री पनि छ।

             दश जनाभन्दा बढी जर्मन विषेशज्ञहरुद्बारा गठित पहिलो अन्तर्राष्ट्रिय सैन्य उद्धार टोली अस्ति राति स छ्वान पुग्यो। चीन र जर्मनीको संयुक्त लगानीमा स छ्वानमा सैन्य अस्पतालको स्थापना गर्ने कार्यक्रम रहेको छ।

             चीनस्थित संयुक्त राष्ट्र संघीय संस्थाका समन्वयकर्ता खालिद मालिकले आज पेइचिँगमा संयुक्त राष्ट्र संघका तर्फबाट सि छुआनको प्रकोपग्रस्त क्षेत्रका लागि असी लाख अमेरिकी डलर प्रदान गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040