आज मध्यान्ह बाह्र बजेसम्म स छ्वानमा भएको आठ रेक्टर स्केलको भूकम्पमा परी एकचालीस हजार तीन सय त्रिपन्नजनाको मृत्यु भएको छ। सो घटनामा दुइ लाख सत्तरी हजार मानिस घाइते भएका छन भने बत्तीस हजार मानिस अझै बेपत्ता छन।
हिजो राति बाह्र बजेसम्म उद्धारकर्ताहरुले उद्धार गरेका वा सारेका मानिसहरुको संख्या तीन लाख छयानब्बे हजार आठ सय एघार पुगेको छ भने भग्नावशेषबाट जिवितै निकालेका मानिसहरुको संख्या छ हजार चार सय बाउन्न पुगेको छ।
आज मध्यान्ह बाह्र बजेसम्म स्वदेश र विदेशद्वारा प्रदान गरिएको सहायता रकम सोह्र अरब चिनियाँ युवान पुगेको छ।
आज दिउँसो दुइ बजेसम्म विभिन्न स्तरीय सरकारले भूकम्प प्रभावितहरुको उद्धार गर्न कूल बाह्र अरब नब्बे करोड चिनियाँ युवानको लगानी गरेका छन।
|