चीनका प्रधान मन्त्री एवम् राज्य परिषद अन्तर्गत भूकम्पको उद्धार कार्यका प्रधान निर्देशक वन च्या पोले हिजो बीस तारिखका दिन बोल्दै भूकम्पपछिको अन्य प्रकोपलाई रोक्नका लागि ठोसरुपमा प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुका लागि आवश्यक व्यवस्था गर्नुपर्छ भन्नुभयो। उहाँले हिजो प्रधान निर्देशनालयको एघारौं बैठकको अध्यक्षको हैसियतले बोल्दै उक्त कुरा बताउनुभएको हो।
थाहा भएअनुसार, उक्त बैठकले अब केही दिनमा प्रकोपग्रस्त क्षेत्रहरुमा फेरि जरुरीरुपमा चालीस हजारवटा तंबुहरु पठाउने र दुई दिनमा पहिलो खेपका छ हजारवटा अस्थायी घर पनि पठाउने निर्णय गरेको छ। साथै सो बैठकले खतराको अवस्थामा रहेका जलाशयहरुको पनि जाँचबुझ गरी समस्या भएमा तिनीहरुलाई सबल पार्ने र अन्तमा तिनीहरुको अवस्थाको मूल्याङ्कन गर्ने प्रयोजनका लागि विशेषज्ञहरु पठाउने निर्णय पनि गरेको छ।
|