चीनको चिकित्सा उद्धार टोली भूकम्पग्रस्त क्षेत्रका हरेक जिल्ला तथा टाउन्सिपमा पुगीसकेको छ।
चिनियाँ स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, अहिले स छ्वान प्रान्तमा चिकित्सा उद्धार कार्य गरिरहेका मानिसहरुको संख्या पैंतालीस हजार पुगेको छ।
आजसम्म चिनियाँ स्वास्थ्य मन्त्रालयले रोगको प्रतिरोध गर्न दुइ हजार कर्मचारी पठाइसकेको छ। स छ्वान प्रान्तमा रोगको प्रतिरोध गर्ने कर्मचारी लगायत पाँच हजार दुइ सय पचासजनाबाट गठित रोग प्रतिरोध टोलीले भूकम्पग्रस्त क्षेत्रमा काम गरिरहेको छ। अहिलेसम्म भूकम्पग्रस्त क्षेत्रमा भयंकर सरुवा रोग तथा आकस्मिक सार्वजनिक स्वास्थ्य सम्बन्धी घटना भएको कुनै समाचार प्राप्त भएको छैन।
|