
चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिडमा बोल्दै अब भूकम्प प्रभावित क्षेत्रको उद्धार जोडतोडसँग गर्नुका साथै दृढताका साथ आर्थिक विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो।
प्रधानमन्त्री वन च्या पाउले आज राज्य परिषद्को नियमित बैठकको अध्यक्षता गरी भूकम्पको उद्धार तथा आर्थिक विकास कार्यबारे अनुसन्धान गर्नुभयो।
यस बैठकमा भूकम्पको उद्धार कार्य राम्रोसँग गर्न सक्दो प्रयास गर्नुपर्ने, भूकम्पग्रस्त क्षेत्रमा रोगको प्रतिरोध कार्यलाई सबल पार्नुपर्ने, भूकम्पग्रस्त क्षेत्रका सर्वसाधारणको जीवनलाई व्यवस्थित पार्नुपर्ने, बिग्रिएका आधारभूत प्रबन्धहरुको जीर्णोद्धार जोडतोडसँग गर्नुपर्ने, उत्पादन कार्य तथा भूकम्पपछिको पुन:निर्माण कार्य उचित समयमा गर्नुपर्ने कुरा जोड दिइएको छ।
|