china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशका विभिन्न क्षेत्रका व्यक्तिहरुद्वारा भूकम्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त
    (GMT+08:00) 2008-05-21 19:33:01    

           पछिल्ला केही दिनदेखि विदेशका विभिन्न क्षेत्रका व्यक्तिहरुले विदेशस्थित चीनको राजदूताबास तथा अन्तर्राष्ट्रिय संगठनस्थित चीनको कार्यालय गई वन छ्वान भूकम्पमा परी मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ।

           जापानका प्रधानमन्त्री फुकुदा यासुओले श्रद्धान्जली व्यक्त गर्दा भूकम्पको उद्धार कार्यमा अरु ठूलो प्रगति हासिल गर्नसक्ने आशा आफूले गरेको कुरा वताउनुभएको छ। कोलम्बियाका राष्ट्रपति आलभारो युराइबले चिनियाँ जनताको कुशल स्वभावमार्फत चीनले विश्वका जनताको ध्याननाकर्षण गर्नसक्ने उपलव्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। त्यसअघि पाकिस्तानका राष्ट्रपति परवेज मुशाराफ, फ्रान्सका राष्ट्रपति सार्गेजी, अमेरिकी राष्ट्रपति बुश, गणतन्त्र कोरियाका राष्ट्रपति लि म्युंग बाकले विदेशस्थित चिनियाँ दूताबास गएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो।

           यसका साथै, अन्तर्राष्ट्रिय संगठनका केही जिम्मेवार व्यक्तिले विदेशस्थित चीनका संस्थामा गएर श्रद्धान्जली व्यक्त गर्नुभयो। संयुक्त राष्ट्र संघका महासचिव पान कि मुनले ठूलो संकटको सामू अन्तर्राष्ट्रिय समाज महान चिनियाँहरुसँगै मिलेर बस्ने कुरा वताउनुभयो। विश्व स्वास्थ्य संगठनका प्रधान-निर्देशक चान फुंग फु चुनले चीनको भूकम्पको उद्धार कार्य प्रभावकारी तथा पारदर्शी रहेकोमा त्यसको प्रशंसा गर्नुभयो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाक्वेस रोगेले हिजो वन छ्वानको भूकम्पमा परि मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै ओलम्पिक खेल भूकम्पग्रस्त बासिन्दासँगै रहेको कुरा दोहर्‍याउनुभयो।

           हाल विश्वका धेरै मुलुक तथा अन्तर्राष्ट्रिय संगठनले भूकम्पग्रस्त क्षेत्रको सहयोगका लागि विभिन्न सामग्री तथा रकम प्रदान गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040