केही दिनदेखि यता, जोर्डन, इटली, युक्रेन, जापान, जर्मनी र संयुक्त राष्ट्र संघले चीनको स छ्वानको भूईंचालोग्रस्त क्षेत्रका लागि सामान, चिकित्सा तथा रकम सहायतास्वरुप प्रदान गरेका छन।
आज विहान सबेरै जोर्डनको राजधानी हसेमितेबाट चन्दा स्वरुप आएको प्रकोप उद्धार सामान विशेष विमानद्बारा छन तुको श्वाङ्ग लिउ विमान स्थल आइपुगेको छ। जोर्डनबाट सहयोगस्वरुप आएको सामान जोर्डनका राजा अब्दुल्हा द्बितीय विन अल-हुसेइनको निर्देशानुसार पठाइएको हो।
चीनको परराष्ट्रमन्त्रालयका अनुसार, इटलीले चीनलाई दश लाख युरो रकम र पन्ध्र लाख युरोको सामान प्रदान गर्नुका साथै हाल पनि चीनलाई एउटा आवश्यक प्रवन्ध भएको घुम्ति अस्पताल र सोह्रजना चिकित्सक उपलव्ध गराउनेभएको छ।
युक्रेनले चीनलाई उद्धारस्वरुप दिएको पाल र चिकित्सा सामग्रीलगायत पहिलो खेपका सामान एक्कायस तारिख दिउँसो एक बजे छँग तु पुगेको छ।
तेईसजनाद्वारा गठित जापानी चिकिसत्सा टोली हिजो राति विमानद्बारा चीनको स छ्वान प्रान्तको छन् तु पुगेको छ। उक्त विमानमा अरु पाँच टन चिकित्सा सामग्री पनि छ।
दश जनाभन्दा बढी जर्मन विषेशज्ञहरुद्बारा गठित पहिलो अन्तर्राष्ट्रिय सैन्य उद्धार टोली अस्ति राति स छ्वान पुग्यो। चीन र जर्मनीको संयुक्त लगानीमा स छ्वानमा सैन्य अस्पतालको स्थापना गर्ने कार्यक्रम रहेको छ।
आज दिउँसो बोझ्वाना सरकारले चीनको स छ्वानको भूईंचालोग्रस्त क्षेत्रलाई दश लाख साठी हजार चिनियाँ युआन चन्दा दिएको छ।
चीनस्थित संयुक्त राष्ट्र संघीय संस्थाका समन्वयकर्ता खालिद मालिकले आज पेइचिँगमा संयुक्त राष्ट्र संघका तर्फबाट सि छुआनको प्रकोपग्रस्त क्षेत्रका लागि असी लाख अमेरिकी डलर प्रदान गर्नुभयो।
|