जापानका प्रधानमन्त्री फुकुदा यासुओले श्रद्धान्जली व्यक्त गर्दा भूकम्पको उद्धार कार्यमा अरु ठूलो प्रगति हासिल गर्नसक्ने आशा आफूले गरेको कुरा वताउनुभएको छ। कोलम्बियाका राष्ट्रपति आलभारो युराइबले चिनियाँ जनताको कुशल स्वभावमार्फत चीनले विश्वका जनताको ध्याननाकर्षण गर्नसक्ने उपलव्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। त्यसअघि पाकिस्तानका राष्ट्रपति परवेज मुशाराफ, फ्रान्सका राष्ट्रपति सार्गेजी, अमेरिकी राष्ट्रपति बुश, गणतन्त्र कोरियाका राष्ट्रपति लि म्युंग बाकले विदेशस्थित चिनियाँ दूताबास गएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो।
संयुक्त राष्ट्र संघका महासचिव पान कि मुनले ठूलो संकटको सामू अन्तर्राष्ट्रिय समाज महान चिनियाँहरुसँगै मिलेर बस्ने कुरा वताउनुभयो। विश्व स्वास्थ्य संगठनका प्रधान-निर्देशक चान फुंग फु चुनले चीनको भूकम्पको उद्धार कार्य प्रभावकारी तथा पारदर्शी रहेकोमा त्यसको प्रशंसा गर्नुभयो।
|