china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको अन्तरिम व्यवस्थापिका संसदका सभामुख सुवास नेम्बाङले चीनमा भूकम्पबाट भएको व्यापक जनधनको क्षतिप्रति दु:ख प्रकट गर्नुभएको छ
    (GMT+08:00) 2008-05-22 20:10:35    
             सभामुख सुवासचन्द्र नेम्वाङ चिनियाँ दूताबासमा गई भूकम्पबाट भएको व्यापक जनधनको क्षतिप्रति दु:ख प्रकट गर्दै मृतकहरुलाई श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । उहाँले चीनमा भएको प्राकृतिक प्रकोप तथा विनासप्रति दु:ख व्यक्त गर्दै आफ्नो व्यक्तिगत तथा अन्तरिम व्यवस्थापिका संसदको तफबाट समवेदना र श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।

             आजै चिनियाँ दूताबासमा उपस्थित भई सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले पनि नेकपा माओवादी पार्टीको तफबाट भूकम्पबाट मर्नेहरुको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धान्जली तथा घाइते पीडितहरुप्रति समवेदना व्यक्त गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्री महराले आफ्नो शोक मन्तव्यमा उल्लेख गर्नुभएको छ "हाम्रो छिमेकी मुलुक चीनमा भूकम्पले गरेको विनासप्रति हाम्रो पार्टी अत्यन्त दु:खी भएको छ । पीडितहरुलाई राहत दिने, पुनस्थापना गर्ने तथा स्वास्थ्य उपचार गराउने कुरामा चिनियाँ सरकारले पुर्याएको अभूतपूर्व कार्यलाई हामी मुक्त कण्ठले प्रशंसा गर्दछौँ ।"

            एक साता अगाडि गएको भूकम्पबाट चीनको सिचुवान प्रान्त तथा आसपासका क्ष्ोत्रमा व्यापक जनधनको क्षति भएको थियो । भूकम्पबाट मर्नेहरुकालागि शोक व्यक्त गर्न चिनियाँ सरकारले अस्ति, हिजो र आज तोकेको थियो । चिनियाँ दूताबासले शोक पुस्तिका राखेर शोक व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गर्न आव्हान गरेपछि नेपालको सरकारी उच्च ओहोदाका तीनसयभन्दा बढी व्यक्तिदेखि कुटनीतिक व्यक्तिहरुले दूताबासमा गएर श्रद्धान्जली व्यक्त गरेका छन् ।

             श्रद्धान्जली दिने त्रmममा नेकपा एमालेका महासचिव झलनाथ खनाल पनि हिजो चिनियाँ दूताबास जानु भएको थियो । उहाँले आफ्नो व्यक्तिगत तथा नेकपा एमालेको तफबाट श्रद्धान्जली व्यक्त गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी तथा महान् चिनियाँ जनताले भूकम्प पीडितहरुलाई राहत वितरणमा गरेको कार्यलाई अत्यन्त सफल नेतृत्वको राम्रो कार्य भनी उहाँले प्रशंसा पनि गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उपसभापति लगायतका सबै राजनीतिक दलका प्रमुखहरुले पनि श्रद्धान्जली व्यक्त गर्दै शोक व्यक्त गरेका छन् ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040