मे उन्नाईस तारिखदेखि आजसम्म चीनको राष्ट्रिय शोक दिवस हुन्। केही मुलुक र अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुले चिनियाँ दुतावास र संस्थामा गएर भूईंचालोमा मृत्यूवरण गर्नुभएकाहरुलाई शोक श्रद्धान्जली व्यक्त गर्नुभएको छ।
हिजो दिउँसो चार बजेसम्म, संयुक्त राष्ट्र संघस्थित एक सयभन्दा बढी मुलुकका राजदुत र प्रतिनिधिहरुले संयुक्त राष्ट्र संघस्थित चिनियाँ प्रतिनिधि-मण्डलको कार्यालयमा गएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो। राष्ट्र संघीय महासचिव बान कि मूनले उन्नाईस तारिखको विहान चिनियाँ प्रतिनिधि-मण्डलको कार्यालय गएर मृतकहरुलाई श्रद्धान्जली व्यक्त गर्नुका साथै मृतकका परिवारलाई हार्दिक सम्वेदना व्यक्त गर्नुभएको थियो।
यूरोपेली संघका अधिकारी र यूरोपेली संघस्थित विभिन्न मुलुकका कुटनैतिक व्यक्तिहरुले हिजो यूरोपेली संघस्थित चिनियाँ प्रतिनिधि-मण्ढलको कार्यालय गएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो।
त्यसबाहेक हिजो रुस, म्यान्मार लगायत धेरै मुलुकका राष्ट्रनायकहरुले पनि विभिन्न मुलुकस्थित चिनियाँ दुतावासमा गएर श्रद्धान्जली अर्पण गर्नुका साथै सम्वेदना व्यक्त गर्नुभएको छ।
फिलिपिनको प्रतिनिधि सभाले हिजो एउटा निर्णयको पारित गरेर फिलिपिनको प्रतिनिधि-सभाको हैसियातले स छ्वानको भूईंचालोबाट ज्यान गुमाएका व्यक्तिहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ।
|