
बितेका केही दिनदेखि यता, केही विदेशी राजनीतिज्ञले विदेशस्थित चिनियाँ दूताबास, अन्तर्राष्ट्रिय संगठनस्थित चिनियाँ प्रतिनिधि कार्यालय जानुभई स छुआनको वन छुआन जिल्लामा भएको भूकम्पमा परी मृत्युवरण गरेकाहरुप्रति शोक व्यक्त गर्दै चीन सरकारले भूकम्पपछिको उद्धारका क्रममा गरेको कार्यको सकारात्मक मूल्याङ्कन गर्नुभएकोछ।
जापानी प्रधान मन्त्री फुकुदा यासुओले हिजो भूकम्प भएपछि चीनका नेतागणले प्रकोपग्रस्त क्षेत्र जानुभई उद्धार कार्यको निर्देशन गर्नुभएकोमा त्यसको प्रशंसा गर्दै चिनियाँहरु भूकम्प प्रतिरोधी युद्धमा विजयी हुने र चाँडै नै घरबारको पुनर्निर्माण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

श्रीलंकाली राष्ट्रपति महिन्द्र राजापाक्साले चीन सरकारले छिटो र प्रभावकारीरुपमा उद्धार गरिरहेको कुराको प्रशंसा गर्नुभयो।
यसका साथै टान्जानीया, अल्जिरिया, कोलम्बिया, मलेशिया, मोरक्क, युक्रेन, चेक, ब्राजिललगायतका मुलुकका राजनीतिज्ञ, भियनास्थित संयुक्त राष्ट्र संघको कार्यालय तथा विश्व स्वास्थ्य संगठनका अधिकारीले पनि चीन सरकारको उद्धार कार्यको सकारात्मक मूल्याङ्कन गर्नुभयो।
|