china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हाम्रो रेडियोको टिप्पणी लेखः भूकम्पको उद्धार क्रममा विश्वले देखेको चीनको अर्को रुप
    (GMT+08:00) 2008-05-22 20:10:59    

            मै बाह्र तारिखका दिन स छुआन प्रान्तको वन छुआन जिल्लामा भयङ्कर भूकम्प गएपछि चीनले गरेको छिटो, प्रभावकारी तथा कार्यकुशल उद्धार कारवाहीले अन्तर्राष्ट्रिय समाजबाट सकारात्मक मूल्याङ्कन पाएको छ। यसका साथै विश्वले पनि चीनको अर्को रुप देखेको छः एउटा अझ कार्यकुशल तथा उत्तरदायीपूर्ण सरकार, एउटा अझ खुला तथा पार्दर्शी समाज एवम् अझ धेरै मायालु, एकतावद्ध चिनियाँ। उल्लेखित यी सबै कुरा निकै प्राकृतिक अवस्थामा उत्पन्न भएको वस्तुगत तथ्य हो।

              यस पटकको भूकम्प गएको केही घण्टाभित्र चीनका प्रधान मन्त्री वन च्या पाउले सर्वप्रथम समयमै प्रकोप गस्त क्षेत्रमा स्थलगत निरिक्षणमा पुग्नुका साथै चीनको नागरिक मामिला, यातायात, चिकित्सा, सार्वजनिक सुरक्षा तथा दूरसञ्चार विभागहरुले पनि छोटो समयमै संकट सामनाका जरुरी प्रणालीलाई व्यवहारमा उतारे। चीनले भूकम्पको सामना गर्दा सम्बन्धित कदम छिटो गति चालेको, सम्बन्धित काममा समावेश गरिएको परिधि तथा सम्बन्धित विभागहरुले देखाएको उच्च कार्यकुशलता यी सबै पहिले देखा परेको थिएनन्। पैचिङ्गस्थित"लोस आन्गलस टाइमस"का पत्रकार बाबारा देमीकलेले आफ्नो रिपोर्टमा यसरी लेख्नुभएको छ की चीन सरकारले भूकम्पको उद्धार गर्दा छोटो समयमै कदम चालेबाट एउटा नयाँ चीन र दयालु तथा क्षमतायुक्त चीन पाइएको छ।

            यस पटकको भूकम्पपछि चीनले सम्बन्धित सूचना सार्वजनिक गरेको तरिकाले पनि चीनभित्र तथा बाहिरबाट प्रशंसा पाएको छ। उक्त भयङ्कर भूकम्प गएपछिको दश मिनेटभित्र चीनले भूकम्प सम्बन्धी सूचना सार्वजनिक गर्नुका साथै चिनियाँ संचारमाध्यमले पनि प्रम्धदखिनै भूकम्पको अवस्था सम्बन्धी वास्तविक विवरण प्रस्तु गर्ने गरेको छ। यसका साथै राष्ट्रिय टेलिभिजन स्टेशन तथा केही स्थानीय टेलिभिजन स्टेशनले पनि आ-आफ्ना नियमित कार्यक्रमलाई स्थगित गरी भूकम्पको उद्धार कार्यलाई घटना भएकै समयसँगै प्रसारण गरेका छन।

             बी.बी.सि.ले आफ्नो लेखमा चिनियाँ संचारमाध्यमको यसरी मूल्याङ्कन गरेको छ की चिनियाँ संचारमाध्यमले सरकारको नेतृत्वमा रहेको उद्धार कार्यलाई मुख्यतः रिपोर्ट गर्नुका साथै हताहत भएकाको संख्या, उद्धार प्रक्रिया, निहित खतरा तथा विभिन्न क्षेत्रबाट पुर्‍याइएको उद्धार लगायतका धेरै विषय लिएर विस्तृत विवरण प्रस्तुत गरेको छ। बेलायतको "फाइनान्शल टाइमस"ले चीन सरकारले स छुआनको वन छुआन जिल्लामा गएको भयङ्कर भूकम्पप्रति छिटो प्रतिक्रिया व्यक्त गरेको र चीन सरकारले भूकम्पको गम्भीरतालाई केही पनि नलुकाएकोमा मुक्तकण्ठले प्रशंसा गरेको छ।

              यस पटकको भूकम्पको उद्धार गर्दा चीनका गैर-सरकारी शक्ति निकै सक्रिय भएको देखिन्छ। हिजोसम्म सम्पूर्ण चिनियाँ समाजले पाएको चन्दाको कूल संख्या चौध अरब चिनियाँ युआनभन्दा बढी भएको छ। सरकारले उद्धार कार्यको समन्यव गर्नुका साथै प्रशस्त स्वयमसेवकले पनि विभिन्न ठाँउबाट भूकम्प ग्रस्त क्षेत्र गइ उद्धार कार्यमा आ-आफ्नो योगदान गरिरहेका छन। सिंगापुरको "ल्यान ह चाउ पो"ले जनाए अनुसार, स छुआनको वन छुआन जिल्लामा गएको भूकम्पले सम्पूर्ण चिनियाँहरुको मनलाई हल्लाउनुका साथै चिनियाँहरुको देशप्रेम भावना तथा जातीय विभेदलाई पनि निकाल्यो। केही संचारमाध्यमले भूकम्पको उद्धार गर्दा चिनियाँहरुको नागरिकको बोध बढेको क्रममा चिनियाँ समाज पनि अझ एकतावद्ध भएको देखिन्छ।

              अन्तर्राष्ट्रिय जनमतले यस पटकको भूकम्पको उद्धारका क्रममा चीनले गरेको प्रयासको मूल्याङ्कन गर्नुका साथै केही संचारमाध्यमले चीनले यति छिटो गरी गरेको कारवाही पैचिङ्ग ओलम्पिक खेलकूद नजिकँदै आएको बेला चीन सरकारले बाह्य विश्वसमक्ष देखाएको संकेत मात्र हो भनि जनाएको छ। केही जनमतले यस पटकको भूकम्पको उद्धारका क्रममा चीनले गरेको उद्धार कार्वाही अचम्म लाग्दो, अविश्वसनीय र अप्रत्याशित भएको जनाएको छ।

              पश्चिमी संसारमा एउटा उखान छः रोम एकै दिनमा निर्माण गरिएको होइन। चीनले उद्धार क्रममा देखाएको गति, शक्ति, कार्यकुशलता, साहस तथा विश्वास पनि एक रातमा उत्पन्न भएको होइन। ती कुराहरु चीनमा भइरहेको विविध परिवर्तनमध्येको एक भाग मात्र हो। चीन सरकार होस वा गैर-सरकारी संस्थाहरु हुन तिनीहरुले यस पटक भूकम्पसँगको प्रतिरोधमा देखाएको कारवाहीको व्यापक तथा गहिरो कानूनी आधार, अवस्थाको प्रत्याभूत, सामाजिक शर्त तथा जनमत समेतको पृष्ठभूमि रहेको छ। ती सबै कुरा चीनको आर्थिक तथा सामाजिक विकासले केही चरणमा प्रवेश भएपछि स्वतःस्फूर्त रुपमा देखा परेका हुन।

               सन्‌ 1978 चीनमा सुधार तथा खुलापन नीति लागू भएदेखि यता, अर्थतन्त्र, समाज, संस्कृति लगायतका विविध क्षेत्रमा ठूलो परिवर्तन देखा परेका छन। बाह्य विश्वले धेरै समयमा चीनको द्रुत आर्थिक विकास, विश्वभरि पाइने चीनका उत्पादित सामानहरु मात्रै देखेको छ र केही संचारमाध्यमले जनाएको चीनको आर्थिक विकासबाट ल्याएको वातावरणिय प्रदूषण, मानवअधिकारमा प्रत्याभूतीको अभाव आदि समस्या मात्र सुन्न पाइन्छ।

               तर चीनको आर्थिक शक्ति बढ्दै गएको क्रममा चीनको सामाजिक वातावरण, राजनैतिक अवस्था, मानिसहरुको जीवनस्तर, मानसिक अवस्थामा पनि ठूलो परिवर्तन देखा परेको छ। आजआएर चिनियाँहरु धेरै मानिसहरुले सोचेको भन्दा अझ खुला छन। चीन सरकारले देशको शासन गर्ने तथा व्यवस्थापन गर्ने तरिका पनि बाह्य विश्वले सोचेको भन्दा अझ पारदर्शी तथा प्रभावकारी छ। आजका चिनियाँहरुले बाह्य विश्वले सोचेकोभन्दा अझ सहनशील, उत्साही, आनन्ददायक छन। चिनियाँहरुको अधिकार तथा हितको पनि पहिलेभन्दा अझ समान तथा संरक्षण पाएको छ। उल्लेखित सकारात्मक परिवर्तनहरु यस पटकको उद्धारका क्रममा राम्रोसँग देखाइएको छ।

              चीनको विकासको क्रकमा धेरै समस्या विद्यमान नै छन। तापनि चीनले पहिलेभन्दा अझ सकारात्मक तथा खुला रुपमा ती समस्याहरुको सामना गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग गरिरहेको छ।

              चीनबारेमा अझ बढी तथा चौतर्फी जानकारी पाउन अझ विनापुर्वाग्रही दृष्टिबाट चीनलाई हेरी अझ धेरै चिनियाँसँग सम्पर्क गरेपछि तपाईंहरुले चीनको सक्रियता तथा खुलापनबारेमा अझ स्पष्टसँग थाहा पाउनुहुनेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040