|
चीनको राष्ट्रिय लेखा परिक्षण कार्यालयका प्रमुख लीउ च्या यीले हिजो स छुआनको भूकम्प पीडित क्षेत्रको निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले भूकम्पग्रस्त क्षेत्रका मानिसहरुमा उद्धार सामग्रीको प्रभावकारी वितरण तथा रकमको प्रभावकारी प्रयोगलाई प्रत्याभूत गर्नका लागि स छुआनको वन छुआन जिल्लाको भूकम्पग्रस्त क्षेत्रमा पुर्याइने उद्धार सामग्री तथा समानको विशेष लेखाजोखा गर्न सम्बन्धित व्यक्तिहरुलाई निर्देशन दिनुभयो।
उहाँले यस पटकको लेखाजोखा कार्यलाई निष्ठापूर्वक प्रभावकारी बनाउनुपर्ने र उद्धार सामग्री तथा रकमको दीर्घकालीन अनुगमन प्रणालीको स्थापना गर्ने प्रयास गर्नुपर्ने कुरा पनि बताउनुभयो।
|