
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्त छिन काङ्गले आज पैचिङ्गमा बोल्दै अन्तर्राष्ट्रिय समाजले चीनलाई सहायता प्रदान गर्दा सबभन्दा पहिले पाल प्रदान गर्ने आशा चीनले गरेको छ भन्नुभयो। उहाँले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।
प्रवक्त छिन काङ्गले स छुआनमा भएको प्रलयकारी भूकम्पले गर्दा वास्तविक अवस्थाको दृष्टिबाट हेर्दा तेत्तीस लाखभन्दा बढी पाल आवश्यक पर्ने देखिन्छ भने हामीसङ्ग अहिले चार लाख मात्र छन भन्नुभयो।
|