|
स छ्वानमा भएको आठ रेक्टर स्केलको भूकम्पमा परी मर्नेहरुको संख्या आज विहान दश बजेसम्ममा एकाउन्न हजार एक सय एकाउन्नजना पुगेको छ। सो घटनामा दुइ लाख असी हजार मानिस घाइते भएका छन भने उनान्तीस हजार मानिस अझै बेपत्ता छन।
चीनको राज्य परिषदको प्रेस कार्यालयका प्रवक्ता को वै मिनले आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
आज दिउँसो दुइ बजेसम्म चीनको विभिन्न स्तरीय सरकारले भूकम्पबाट प्रभावितहरुको उद्धारका लागि कूल तेह्र अरब सन्तानब्बे करोड पचास लाख चिनियाँ युवान लगानी गरेका छन। आज मध्यान्ह बाह्र बजेसम्म स्वदेश र विदेशद्वारा प्रदान गरिएको सहायता रकम एक्काइस अरब चालीस करोड चिनियाँ युवान पुगेको छ।
|