 चिनियाँ वाणिज्य मन्त्री छन त मिङले आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हाल चिनियाँ वाणिज्य मन्त्रालयले भूकम्पग्रस्त क्षेत्रको बजारलाई स्थिर पार्नका लागि आवश्यक कदम चाल्दैआएको कुरा वताउनुभयो। उहाँका अनुसार, आज विहानसम्म भूकम्पग्रस्त क्षेत्र स छ्वान, कान सु र पल्लो शान सि यी तीनवटा प्रान्तमा सत्र हजार बजारहरु पुन: खुलेका छन।
श्री छन त मिङका अनुसार, अब चिनियाँ वाणिज्य मन्त्रालयको महत्वपूर्ण कार्य सबैभन्दा बढी अभाव भएका सामानहरु ग्रामीण क्षेत्र र सबैभन्दा कठिन अवस्थामा रहेका सर्वसाधारणको हातसम्म पुर्याउनु हो।
|