|
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक ब्यूरोको स्थायी समितिको आजको बैठकमा भूकम्प प्रभावित क्षेत्रको उद्धार कार्यबारे छलफल भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव हु चिन थाउले यस बैठकको अध्यक्षता गर्नुभयो।
यस बैठकको निर्णयअनुसार, भूकम्प प्रभावित क्षेत्रको उद्धार कार्यसम्बन्धी परिस्थिति अझै गम्भिर छ, उद्धार कार्यलाई अहिलेको सबैभन्दा महत्वपूर्ण तथा सबैभन्दा जरुरी जिम्मेवारी बनाउनुपर्छ, अवशेषमा फसेका सर्वसाधारणको निरन्तररुपमा खोजतलाशी गर्नुपर्छ, घाइतेहरुको प्रभावकारीरुपमा उपचार गर्नुपर्छ, भूकम्पग्रस्त क्षेत्रका बासिन्दाहरुलाई व्यवस्थित पार्ने कार्य राम्रोसँग गर्नुपर्छ, भूकम्पका कारण क्षतिग्रस्त भएका आधारभूत प्रबन्धको निरन्तररुपमा जीर्णोद्धार गर्नुपर्छ र यस पटकको भूकम्पबाट पुर्याइएको क्षतिलाई न्यूनतम स्तरसम्म घटाउने प्रयास गर्नुपर्छ।
|