|

चिनियाँ राष्ट्रिय भू-श्रोत उप-मन्त्री युआन स्याउ सुले आज पैचिङ्गमा बोल्दै उक्त मन्त्रालयले स छुआनको प्रकोपग्रस्त क्षेत्रहरुमा निहित भौगोलिक प्रकोपको सर्भेक्षण गर्ने र तिनको रोकथाम गर्ने कार्य जोडतोडसित गरिरहेको छ भन्नुभएको छ।
उहाँले राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहिले पठाइसकिएका तीन सयभन्दा बढी व्यक्तिहरुबाट गठित बीसवटा विशेषज्ञ टोलीका आधारमा हाल फेरि एक पटक अरु पाँच सयजना भन्दा बढी विशेषज्ञ र प्राविधिज्ञहरुलाई त्यहाँ पठाइसकिएको छ भन्नुभयो।
उनीहरुले उपर्युक्त कार्य गर्नुका साथै भूकम्पपछि भवनहरुको पुनर्निर्माण गर्नका लागि नयाँ ठाउँको छनौट गर्नेछन।
|