चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले चीनले इरानबाट प्रस्तुत आफ्नो आणविक योजनासम्बन्धी अनेकौं प्रस्तावहरु प्राप्त गरेको र हाल त्यसको अध्ययन ध्यानपूर्वक गरिरहेको कुरा बताउनुभएको छ।
आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सो सम्बन्धी प्रश्नको जवाफ दिंदा श्री छिनले उक्त कुरा बताउनुभएको हो।
|