पैचिड ओलम्पिकको ज्योति घुमाइने कार्यक्रम तीन दिनको स्थगनपछि आज पुनः शुरु भयो। चीनको दक्षिण-पश्चिमी भागमा पर्ने स छ्वान प्रान्तमा हुने ओलम्पिकको राँको घुमाइने कार्यक्रम अगष्ट तीन तारिखदेखि पाँच तारिखसम्म आयोजना हुनेछ।
पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले स छ्वान प्रान्तको वन छ्वान जिल्लाका जनताको भूकम्प उद्धार कार्यको समर्थन गर्नका लागि स छ्वान प्रान्तमा हुने ओलम्पिकको ज्योति घुमाइने कार्यक्रमलाई विशेष रुपमा मिलाएको छ। पूर्वनिर्धारित समयअनुसार, सो कार्यक्रम आगामी जून पन्ध्र तारिखदेखि अठार तारिखसम्म हुने थियो।
पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले ओलम्पिकको ज्योति घुमाइने कार्यक्रमलाई भूकम्पको उद्धार कार्यसँग घनिष्ठरुपमा जोडेर 2008 पैचिङ ओलम्पिकलाई एउटा "विशेष तथा उच्च स्तरको एवम् मानवीय ओलम्पिक" को आयोजना गर्नुपर्ने कुरामा जोड दिएको छ।
|