|
स छ्वानमा भएको आठ रेक्टर स्केलको भूकम्पमा परी मर्नेहरुको संख्या आज विहान दश बजेसम्ममा एकाउन्न हजार एक सय एकाउन्नजना पुगेको छ। सो घटनामा दुइ लाख चौरासी हजार चार सय एकतीस मानिस घाइते भएका छन भने उनान्तीस हजार तीन सय अट्ठाइस मानिस अझै बेपत्ता छन। आज मध्यान्ह बाह्र बजेसम्म स्वदेश र विदेशद्वारा प्रदान गरिएको सहायता रकम एक्काइस अरब एकचालीस करोड साठी लाख चिनियाँ युवान पुगेको छ।
राज्य परिषदअन्तर्गत प्रकोपको प्रतिरोध तथा उद्धारसम्बन्धी प्रधान कार्यालयले चीनको राज्य परिषदको प्रेस कार्यालयलाई अधिकार दिई आज चीनको राज्य परिषदको प्रेस कार्यालयले पैचिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।
चिनियाँ स्वास्थ्य मन्त्रालयका अनुसार, आज मध्यान्ह बाह्र बजेसम्म भूकम्पका कारण घाइते भई अस्पतालमा भर्ना भएका मानिसहरुको कूल संख्या अठसट्ठी हजार छ सय पुगेकोमा अहिले तेत्तीस हजार छ सयजना अझै अस्पतालमा छन।
चिनियाँ अर्थ मन्त्रालयका अनुसार, आज दिउँसो दुइ बजेसम्म चीनका विभिन्न स्तरीय सरकारले भूकम्पबाट प्रभावितहरुको उद्धारका लागि कूल तेह्र अरब सन्तानब्बे करोड पचास लाख चिनियाँ युवान उपलव्ध गराएका छन।
|