china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालको भूमिबाट चीन बिरोधी गतिविधि गर्ने कार्यलाई प्रतिबन्ध लगाउन नेपाल चीन मैत्री समाजले माग गरेको छ
    (GMT+08:00) 2008-05-23 18:52:01    
            नेपाली भूमिबाट प्रयोग गरेर नेपालको अशल छिमेकी राष्ट्र चीन बिरोधी गतिविधिलाई कडाइकासाथ प्रतिबन्ध लगाउन नेपाल चीन मैत्री समाज लुम्बिनीले माग गरेको छ । समाजको तफबाट महासचिव नारायण सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो ।

            नेपाली भूमिबाट स्वतन्त्र तिब्बतको माग गर्दै दैनिकजसो भइरहेको प्रदर्शनप्रति आपत्तिप्रकट गर्दै समाजले त्यस प्रदर्शनमाथि प्रतिबन्ध लगाउन विज्ञप्तिमा उल्लेख गरिएको छ । जनगणतन्त्र चीन नेपालको अशल छिमेकी र भरोसायोग्य मित्रराष्ट्र भएकाले युगौँदेखिको यो सम्बन्धलाई जनस्तरसम्म लैजान र सुदृढ बनाउन जरुरी रहेको भन्दै समाजले चीनको दक्षिणी प्रान्त सिचुवानमा आएको भूकम्पबाट हराजौँको मृत्यु, वेपत्ता र करोडौँको क्षति भएकोमा दु:ख पनि व्यक्त गरेको छ । भूकम्पबाट मर्नेहरुलाई श्रद्धान्जली दिँदै पीडित पक्षलाई समवेदना पनि व्यक्त गरिएको छ ।

             चिनियाँ जनता र चिनियाँ सरकारले भूकम्पबाट ध्वस्त सिचुवान प्रान्त तथा यस आसपासका क्षेत्रमा गरिरहेको पनुनिर्माण तथा राहत वितरणलाई अत्यन्त राम्रो कार्य भन्दै नेपालले पनि मानवीय सहयोग गर्नुपर्ने बिचार विज्ञप्तिमा व्यक्त गरिएको छ । यस्तो अवस्थामा सहानुभूति र चिन्ता प्रकट गर्नुको सट्टा चिनियाँ मूलका तिब्बतीहरुले नेपालको भूमि प्रयोग गरेर स्वतन्त्रताको माग गर्दै विरोध गरिरहनु निकृष्टता र साम्राज्यवादीहरुको इशाराको खेल भएको दावी पनि विज्ञप्तिमा गरिएको छ ।

             विज्ञप्तिमा नेपाल सरकार एक चीनको पक्षमा रहको र चीन बिरोधी गतिविधि हुन नदिने भनेर प्रतिवद्धत्ता जनाए पनि दैनिकजसो भइरहने प्रदर्शन रोक्न नसकेकोमा आपत्तिप्रकट गरिएको छ ।

              नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिनले तिब्बतका बारेमा दिनु भएको अभिव्यक्ति तथा नेपाल चीनबीचको मित्रतालाई अझ उचाइ दिन प्रयत्नशील रहने प्रतिवद्धत्ता स्वागतयोग्य भएको भन्दै विज्ञप्तिमा राजदूतको सो अभिव्यक्तिलाई पूर्ण समर्थन गरिएको छ ।

             चेतनाथ आचार्य

             सि.आर.आई.

             काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040