 चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री एवम् राज्य परिषद्अन्तर्गत भूईंचालोको प्रतिरक्षा तथा प्रकोपको उद्धार गर्ने मुख्य निर्देशक वन च्या पाउले स छ्वानको म्यान याङ्गमा भूईंचालोको प्रतिरक्षा तथा प्रकोपको उद्धार गर्ने कार्यलाई निरन्तर रुपमा निर्देशन गर्नुभएको छ।

श्री वनले आज विहान म्यान याङ्गको अस्पलातमा गएर घाइते भएकाहरुको अवस्था बुझी पै छ्वान विद्यालयमा विद्यार्थीहरु पढ्ने अवस्थाको पनि जानकारी लिनुभएको छ।
श्री वनका अनुसार, गम्भीर प्रकोपपछि गम्भीर सरुवा रोग नहोस भन्ने प्रत्याभूति गर्नका लागि स्वास्थ्य मन्त्रालयले रोगको प्रतिरक्षा कार्य गर्न चार हजार पाँच सयजना प्राविधिक व्यक्तिहरुलाई पठाइसकेको छ।

हिजो विहान दश बजेसम्म स छ्वानको वन छ्वानमा गएको गम्भीर भूईंचालोबाट एकाउन्न हजार एक सय एकाउन्न जना मृत्यु हुनुका साथै दुइ लाख अठ्ठासी हजार चार सय एकतीस जना घाइते र उन्नतीस हजार तीन सय अठाईस जना बेपत्ता भएका छन्।
|