|
चीनको अर्थ मन्त्रालयले हिजो एउटा जरुरी सूचना दिइ भूकम्पको उद्धार सम्बन्धी विविध कार्य सुव्यवस्थित तथा प्रभावकारी रुपमा चल्न प्रत्याभूत दिनका लागि भूकम्पको उद्धार सामग्री तथा रकमको रेखदेख तथा व्यवस्थापनलाई सबल पार्न विभिन्न तहका आर्थिक विभागहरुसँग आग्रह गरेको छ।
हिजो चीनको राष्ट्रिय लेखा परिक्षण कार्यालयका प्रमुख लीउ च्या यीले स छुआनको निरिक्षण पश्चात विशेष आर्थिक तथा चीनभित्र तथा बाहिरबाट दिइएको चन्दाको अवस्था पाउनुका साथै उद्धार सामग्री समयमै प्रभावित मानिसहरुलाई दिने लगायतका विविध विषयमा ध्यान पुर्याउनुपर्ने कुराको पुष्टि गर्नुभयो।
नागरिक मामिला मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार, हिजो मध्यन्ह बाह्र बजेसम्म चीन तथा विदेशबाट प्राप्त गरिएको चन्दा रकमको कूल सख्या एक्काइस अरब एकचालिस करोड साट्ठी लाख चिनियाँ युआन बराबर भएको छ।
|