|
चीनको स छुआन प्रान्तका उप प्रमुख ली छन युनले आज तेईस तारिखका दिन राज्य परिषदको सूचना कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै स छुआन प्रान्तमा भूकम्प ग्रस्त क्षेत्रको उद्धार-कार्य उच्च प्रभावकारी रुपमा चल्दै आएको कुरा बताउनुभएको छ।
उहाँका अनुसार सम्बन्धित विभागले तन मन धन लगाएर सौभाग्यवस बाँच्न सफलभएकाहरुको उद्धार गर्नुका साथै उद्धारका क्षेत्रलाई पनि विस्तृत पारी बेलैमा घाइतेहरुलाई बचाउने मुख्य कार्य बनाएर अघि बढी रहेको छ। त्यस क्षेत्रमा भेटिएका विरामीहरुलाई यथाशिघ्र अरु प्रान्त र नगरहरुतिर पठाउने र सकेसम्म मृतकहरुको संख्यालाई कम पार्ने छौं। त्यसका साथै हामीले प्रकोपग्रस्त नागरिकहरुको खाने र सफा पानी पिउनेतर्फ प्रत्याभूति गर्दछौं । अबका एक महिनाभित्र प्रकोपमा परेका अन्ठानव्बे प्रतिशत व्यक्तिहरुका लागि सुरक्षित आबास , आर्थिक सहयोग र जीवनयापनका मुनासिब व्यवस्था मिलाउने छौं।
|