|
चीनको स छुआन प्रान्तको उप प्रमुख ली छन युनले आज तेईस तारिखका दिन पैचिङ्गमा बोल्दै हिजो बाईस तारिख साँझ सात बजेसम्म स छुआनको वन ठुआनमा गएको भूकम्पमा परी पचपन्न हजार दुई सय उनन्चालीस जना मानिसहरुको मृत्यु हुनुका साथै दुई लाख एकासी हजार छयसठी जना घाइते भएका र चौबीस हजार नौ सय उन्नचास जना बेपत्ता भईरहेका छन्।
सोही दिन चीनको राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भूकम्प गएपछि एक लाख चालीस हजारभन्दा बढी सैनिक, उद्धार-कर्मी र पचास हजारभन्दा बढी स्वास्थ्यकर्मीहरुले त्यहाँ गई उद्धार-कार्य गर्दै आएका छन्। उनीहरुले भग्नावशेषबाट चौरासी हजारभन्दा बढी व्यक्तिहरुलाई निकालेर बचाइ सकेका छन्।
उहाँको भनाइअनुसार यस पटकको प्रलयकारी भूकम्पले गर्दा विगारिएका भवनहरुको संख्या एक हजाभन्दा बढी छ भने लाखौं लाख मानिसहरुलाई घर-वारविहिन पारिएको अनुमान रहेको छ।
|