china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको भूकम्प प्रकोप क्षेत्रका लागि अन्तर्राष्ट्रिय समाजको उद्धार जारी
    (GMT+08:00) 2008-05-23 16:15:28    

          अन्तर्रष्ट्रिय समाजले हिजो निरन्तर रुपमा चीनको सि छुआन प्रान्तको वन छुआन भूकम्प प्रकोप क्षेत्रलाई रकम र सामान प्रदान गरी भूकम्पको उद्धार गर्न र भूकम्प गएपछि बसोवासको पुनर्निर्माण गर्नका लागि उद्धार सहयोग दिँदैआएको छ।

          आर्जन्टिनाको विदेशमन्त्रालयले चीनलाई पाँच वटा विशाल पाल लगायत 45 वटा पाल र पहिलो खेपको उद्धार सामान पठाएको छ। त्यस्तै दोस्रो खेपमा मानविय उद्धार सामानलाई पनि पठाउने कुरा घोषणा गरेको छ। दुई जना उद्धार विशेषज्ञका साथै चिकित्सा सम्बन्धी सामान रहेको विमान पनि जर्मनीबाट उडेको छ। पाकिस्तान सरकारले हिजो चीनलाई फेरि दश हजारवटा पाल दिने निर्णय गरेको छ। यो समेतगरी पाकिस्तानबाट सहयोग गरिएको पालको संख्य बाईस हजार दुइ सय साठी पुगेको छ।

          सोहि दिन अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरोद्बारा पुनः प्रदान गरिएको खोजतलाश गर्ने उपकरण, उपचार गर्ने प्रबन्धलगायत आठ लाख पन्ध्र हजार अमेरिकी डलरको उद्धार माल-सामान छन तु पुगेको छ। तुर्कमनिस्तानबाट प्रदान गरिएका सामान हिजो राति कान सु प्रान्तको लान चौ शहरको चुङ्ग छ्वान विमान स्थाल आईपुगेको छ। लुगा, औषधि र उपचार प्रबन्धलगायतको तेईस टनको माल-सामान भुईंचालो ग्रस्त क्षेत्रमा सर्वसाधारणको जरुरी आवश्यक सामानहरु हुन्।

          साथै अस्ट्रेलियाको पश्चिमी प्रशान्त वैंकिङ्ग कर्पोरेशनले अस्ट्रेलियाका लागि चीनका राजदूतमार्फत चीनलाई एक लाख अस्ट्रेलियन डलर प्रदान गरेको छ। मोरिटानिया जनरल वैंकले चीनलाई दुई लाख अमेरिकी डलर प्रदान गर्ने निर्णय गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040