china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूकम्प ग्रस्त क्षेत्रको बजारको आपूर्तिलाई पूराकापूरै प्रत्याभूत दिने कार्य चीनले गरिरहेको
    (GMT+08:00) 2008-05-23 18:58:36    
            मै बाह्र तारिखका दिन चीनको सछुआनको वन छुआन जिल्लामा भयङ्कर भूकम्प गएपछि प्रकोप ग्रस्त क्षेत्रको दैनिक जीवनमा प्रयोग गरिने सामान तथा उद्धार सामग्रीको आपूर्तिलाई प्रत्याभूत दिनका लागि चीनको वाणिज्य मन्त्रालयले तुरुन्तै संकट सामनाका जरुरी प्रणालीलाई व्यवहारमा उतारेको छ। ती सामानको समन्वयलाई सबल पारिएपछि हाल प्रकोप ग्रस्त क्षेत्रको बजारको आपूर्ति तथा सामानको मुल्य स्थिर भएको देखिन्छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

             हिजो चीनको राज्य परिषदको प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री छङ त मिङले जानकारी दिनुभए अनुसार, मै बाह्र तारिखका दिन वनछुआनमा भयङ्कर भूकम्प गएपछि चीनको वाणिज्य मन्त्रालयले एक उच्चस्तरिय जरुरी प्रणालीलाई तुरुन्तै व्यवहारमा उतारी विविध उपायमार्फत दैनिक जीवनका लागि  आवश्यक सामान तथा उद्धार सामग्रीलाई समन्वयन गर्दै प्रकोप ग्रस्त क्षेत्रको बजारको आपूर्तिलाई प्रत्याभूत दिँदै आएको छ। वर्तमान अवस्थामा वाणिज्य मन्त्रालयको सामु दुइ वटा मुख्य कार्य रहेको कुरा बताउँदै उहाँले भन्नुभयोः

            "सर्वप्रथम, स छुआनका लागि चीनका विभिन्न ठाँउबाट हुने आपूर्तिको समन्वय गरी भरपर्दो रुपमा त्यहाँ पुर्‍याउनुपर्छ। दोस्रो कार्य, व्यापारिक नेटवर्कलाई चाँडै नै पुनर्स्थापना गर्नुपर्छ। आज विहानसम्म भूकम्पबाट सबभन्दा गम्भीर रुपमा प्रभावित स छुआन, कानसु, छुङछीङ यी तीन वटा ठाँउमा सत्र हजार वटा पसल पुनः खुला भएका छन। यस महिनाको अन्तअघि प्रभावित जिल्लाहरुमा रहेका पसलहरुलाई पुनः खुला गर्ने हाम्रो योजना छ।"

             हालसम्म स छुआनको सदरमुकाम छङ तु शहर तथा अन्य ठूला शहरहरुको बजारको आपूर्ति यथेष्ठ भएको र शहर तथा जिल्लालाई सामान पुर्‍याउने बाटो पनि आधारभूत रुपमा खुला भएको छ। वर्तमान परिस्थितिको मुख्य कार्य भनेको सबभन्दा आवश्यक सामान तथा उपयोगी वस्तुलाई ग्रामीण क्षेत्रमा पुर्‍याइ कठिन अवस्थामा परेका सर्वसाधारणहरुको हातमा राखिदिनु हो भन्ने कुरा श्री छङले व्यक्त गर्नुभएको छ। यसबारे विस्तृत रुपमा जानकारी दिँदै उहाँले भन्नुभयोः

             "व्यवसायीहरुले विविध किसिमको शक्तिको प्रयोग गरी सामान तथा उपयोगी वस्तुलाई प्रभावित क्षेत्रका सर्वसाधारणका हातमा पुर्‍याउनुपर्छ। गाडी, मोटरसाइकलद्बारा ढुवानी गर्ने। गाडी तथा मोटरसाइकल पुग्ननसक्ने ठाँउका लागि हामीले घोडाद्बारा बोकाउने छौं। घोडा पुग्न नसक्ने ठाँउका लागि हामीले मानिसहरुलाई बोकाएर भएपनि पुर्‍याउनुपर्छ।"

              थाहा भए अनुसार, प्रकोप प्रभावित क्षेत्रको फरक-फरक अवस्था वमोजिम, वाणिज्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय वटा प्रशासनिक गाँउ तोकेर सामान बेच्ने ठाँउलाई पुनः खुला गर्ने मुख्य क्षेत्र बनाएकोछ। श्री छङका अनुसार, ती सामान बेच्ने ठाँउको पुनर्स्थापना कार्य विभिन्न क्षेत्रमा विभिन्न चरणमा फरक फरक छ। सर्वप्रथम अत्यावश्यक सामानको किनवेच, अनि यथेष्ट पसलहरुको निर्माण र अन्तमा औपचारिक पसलको निर्माण गरिनेछ।

              भूकम्प प्रभावित क्षेत्रको बजारको आपूर्तिलाई प्रत्याभूत दिनुका साथै चीनको वाणिज्य मन्त्रालयले अन्तर्राष्ट्रिय उद्धार प्राप्त गर्ने कार्यलाई पनि तिव्रता दिइरहेकोछ। वाणिज्य मन्त्रालय अन्तर्गत अन्तर्राष्ट्रिय विभागका प्रमुख चाङ ख नीङले यसबारे जानकारी दिँदै भन्नुभयोः

             "भूकम्प जानेवित्तिकै हामीले सम्बन्धित सूचना सम्बन्धित अन्तर्राष्ट्रिय संगठन तथा चीनस्थित विदेशी कुटनीतिक संस्थाहरुलाई दिएका छौं। तेह्र तारिखदेखि यता, हामीले चन्दा रकम प्राप्त गर्न शुरु गर्नुका साथै ती रकमलाई प्रभावित क्षेत्रको आवश्यकता हेरी चाहिने सामग्रीको आपुर्ति गरेर प्रदान गर्दै आएका छौं। जस्तै भनौं, सुविधाजनक खाद्यान्न, पाल, तथा चिकित्स सम्त्रन्धी सामग्री।"

              भूकम्प प्रभावित क्षेत्रको पुनर्निमार्ण क्रममा वाणिज्य मन्त्रालयले अन्तर्राष्ट्रिय उद्धार संस्थासँग घनिष्ट सहयोग गरी पीडित क्षेत्रमा चाहिने सामग्रीलाई समन्वयन गर्दै जाने कुरा श्री चाङले बताउनुभएको छ।

               हिजो आयोजित पत्रकार सम्मेलनमा चीनको वाणिज्य मन्त्री छङ मिङ तले अझ यस पटकको भूकम्पको असरबारे जानकारी दिँदै भन्नुभयोः

              "स छुआन चीनको महत्वपूर्ण चामल, मासु तथा तेलको भण्डार भएता पनि यस पटकको भूकम्पमा प्रभावित क्षेत्र मुख्यतया स छुआनको उत्तरी भागमा पर्ने पहाडी क्षेत्र हो। यसले चीनको सम्पूर्ण बजारमा पारेको असर ठूलो छैन। हालसम्म चीनमा अन्नपात, तेल, मासुको यथेष्ठ संचय छ। ग्रीष्म ऋतुमा अन्नपात तथा तेलको राम्रो फसल हुने अनुमान गरिएको छ र बंगुरको मासुको उत्पादन पनि चीनभरि पुनः शुरु भइरहेको छ।"

               हालसम्म स छुआनमा गएको भूकम्पले चीनको निर्यातमा पारेको प्रभाव एकदम कम भएको जानकारी पनि वाणिज्य मन्त्री छङ त मिङले दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040