पैचिङ्ग ओलम्पिक खेलकूदको पवित्र ज्योति रिले कार्यक्रम आज विहान चीनको पूर्वी भागमा पर्ने शहर शाङ्गहाइमा शुरु भएको छ।
शाङ्गहाइमा भइरहेको रिले कार्यक्रम दुइ दिनसम्म चल्ने कार्यक्रम छ। आज विहान आठ बजे शाङ्गहाइमा पवित्र ज्योति रिले कार्यक्रम शुरु भएको हो। त्यहाँका सबै जनाले स छुआनको वन छुआन जिल्लामा गएको भूकम्पमा मृत्युवरण गर्नुभएकाहरुका लागि एक मिनेटसम्म मौनधारण गरेर कार्यक्रम शुरु गरेका थिए।
आजको रिले कार्यक्रम शाङ्गहाइ अजायबघरबाट शुरु भइ लु च्या च्वी पीन च्याङ पार्कमा राखिएको पवित्र ज्योति विशेष धातुबाट बनेको कतारामा बालेपछि सम्पन्न भएको छ।
भोली पवित्र ज्योतिको रिले कार्यक्रम पुनः शाङ्गहाइमा जारी रहने छ।
|