
चीनको वाणिज्य मन्त्रालयले जनाए अनुसार, आज विहान दश बजेसम्म सम्बन्धित अन्तर्राष्ट्रिय संगठन तथा मुलुकले चीनको स छुआनको वन छुआन जिल्लामा गएको भयङ्कर भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रदान गरेको उद्धारका लागि कूल रकम दुइ करोड पाँच लाख पचास हजार अमेरिकी डलर बराबर भएको छ।
बितेका केही दिनमा अस्ट्रेलिया, इटली, ब्राजिल, अमेरिकी अन्तर्राष्ट्रिय विकास आयोग, तुर्कमनीस्तानले चीनमा गएको भूकम्पबाट पीडित क्षेत्रलाई रकम तथा चिकित्सा सम्बन्धि प्रवन्धहरु उद्धारका लागि प्रदान गरेका छन।
प्राप्त जानकारी अनुसार, अस्ट्रेलिया सरकारले आज भूकम्प प्रभावित क्षेत्रलाई थप दश लाख अस्ट्रेलियन डलर अर्थात नौ लाख पचास हजार अमेरिकी डलर बराबर उद्धार सामग्री प्रदान गरेको छ।
इटली सरकारले चीनलाई प्रदान गरेको तैतीस लाख यूरो बराबर सामग्री तथा नगद सहायता आज स छुआनमा भूकम्पबाट प्रभावित क्षेत्रमा पुगेको छ।
हिजो विहान अमेरिकी अन्तर्राष्ट्रिय विकास आयोगले प्रकोपबाट प्रभावित मानिसहरुलाई थप सहायता प्रदान गरेको आठ लाख पन्ध्र हजार अमेरिकी डलर बराबर उद्धार सामग्री स छुआनको सदर मुकाम छङ तुमा पुगेको छ।
तुर्कमनीस्तानबाट प्रदान गरिएको उद्धार सामग्री हिजो राती चीनको कानसु प्रान्तस्थित लान चौ चुङ छुआन विमानस्थल आईपुगेको छ। ती सामग्रीमा लुगाफाटा, सिरक, औषधि तथा चिकित्सा सम्बन्धी प्रबन्धहरु समावेश छन्।
|