china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेश संचारमाध्यमद्बारा चीनको उद्धार कार्यको सकारात्मक मूल्याङ्कन
    (GMT+08:00) 2008-05-23 19:15:07    

             वितेका केही दिनमा विदेशी संचारामध्यमले विभिन्न लेख प्रकाशित गर्दै चीनले गरिरहेको भूकम्पको उद्धार कार्य छिटो, कार्यकुशल भएको कुरा जनाएका छन। यसका साथै ती लेखमा दीर्घकालीन दृष्टिकोणबाट गरिएको चीनको उद्धार कार्य मानिसलाई केन्द्रित विचारलाई प्रतिविम्वित गरिएको कुरा उल्लेख गरिएको छ।

             सिंगापुरको "ल्यान ह चाउ पो"ले हिजो एउटा लेख प्रकाशित गर्दै उद्धारका क्रममा चिनियाँ नेतागणको स्पष्ट विचार तथा छिटो कारवाहीबाट 'मानिसहरुमा केन्द्रित रहेको विचार' भन्ने सर्वविदित मूल्य देखाइएको कुरा जनाएको छ। उक्त लेखमा चीन सरकारले पश्चिमी मुलुकका राजनैतिज्ञहरु तथा सर्वसाधारणहरुको मनमा राम्रो प्रतिरुप स्थापित गरेको कुरा उल्लेख गरिएकोछ।

             कोलिम्बियाको दैनिक समाचारपत्र "एल एस्पेक्टादोर"ले हिजो एउटा लेख प्रकाशित गर्दै यति ठूलो प्राकृतिक प्रकोप भएपछि चीनले चालेको श्रृंखलाबद्ध उद्धारका कदमहरु दृढ, प्रभावकारी तथा स्पष्ट हुनुका साथै विभिन्न चरणमा रहेका कामको पनि फरक-फरक मुख्य विषय रहेको र सावधान भएको प्रशंसा गरेको छ।

             "द अस्ट्रेलियन"समाचारपत्रले आज एउटा रिपोर्ट प्रकाशित गर्दै चीनका विभिन्न ठाँउबाट गएका एक लाख जना स्वयमसेवकहरुले भूकम्प प्रभावित मानिसलाई सहयोग गर्दै स्थानीय बासिन्दाहरुबाट सम्मान तथा स्वागत पाएको जनाएकोछ।

             ए.पी.ले गत उन्नाइस तारिखका दिन तु च्याङ यान भन्ने प्रभावित क्षेत्रबाट एउटा रिपोर्ट प्रकाशित गर्दै चीनमा भूकम्प गएपछि प्रशस्त चन्दा जुटाइएको र धेरै सर्वसाधारणले आफ्नो निजी कारको प्रयोग गरी सरकार तथा सेनाद्बारा गरिने उद्धार कार्यमा भाग लिइरहेको जनायो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040