|
हिजो स छुआनको सदरमुकाम छङ तुमा कार्यरत धेरै विदेशी कम्पनीका प्रबन्धकहरुले हाम्रो रेडियोसँगको अन्तर्वार्तामा बोल्दै भूकम्पको उद्धारका क्रममा चीन सरकार तथा चिनियाँहरुले देखाएको क्षमता तथा भावनाको सराहना गर्नुभएको छ।
एलेक्सन दूरसंचार लिमिडेड कम्पनीका कार्यकारी प्रबन्धक मलेशियाली नागरिक लीन छिङ वनले भन्नुभएको छः कुनै चिनियाँले सरकारप्रति गुनासो गरेको मैले सुनेको छैन। प्रकोप सम्बन्धी सूचना एक्दम पारदर्शी तथा सरकारको प्रयास सन्तोषजनक भएको मैले अनुभव गरेको छु।
सिंगापुर टेलिकम्युनिकेसन,विज्ञान तथा प्रविधि लिमिडेड कम्पनीका प्रबन्धक वील्यान्म गान होकले चीन सरकारले सुव्यवस्थित, प्रभावकारी, पारदर्शी रुपमा काम गरिरहेको कुराको सराहना गर्नुभएको छ।
छङ तुमा रहेका विदेशी कम्पनीहरुका प्रबन्धकहरुले चीन सरकारको नेतृत्वमा प्रकोप पीडितहरुका लागि चाँडै नै घरबारको पुनर्निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
|