china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    " निओ छाउ" अर्थात् चराको गुँड आकारको रंगशालाव्दारा ओलम्पिक खेलकुद समारोहको प्ररीक्षणमा आफ्नो आकर्षण देखाइएको
    (GMT+08:00) 2008-05-23 21:23:00    

            " राम्रो सौभाग्य पैचिङ्ग" सन् 2008 चीनको ट्रेक एण्ड फिल्डको खुलस्त प्रतियोगिता चीनको राष्ट्रिय रंगशालामा शुरु भएको छ। " निओ छाउ" अर्थात् चराको गुँड आकारको राष्ट्रिय रंगशाला पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतियोगिताको मुख्य रंगशाला हो। ओलम्पिक खेलकुद समारोहको उद्घाटन र विर्सजन समारोह त्यहीं आयोजना हुने छ भने ट्रेक एण्ड फिल्ड आदि खेलहरुको प्रतियोगिता पनि त्यही‍ नै चलाइन लागिएको छ। पैचिङ्ग ओलम्पिक खेलकुद समारोहको अवसरमा निसन्देहनै पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतियोगिताका लागि निर्माण गरिएका तीसभन्दा बढी रंगशालाहरुमध्ये सबभन्दा बढी आर्कषित हुन लागेको रंगशाला यही हुन जानेछ। अब त्यसबारे एउटा विवरण सुन्नुहोस्-

             जालीरुपी इस्पाते बनौटको बाहिर भागबाट हेर्दा चराको गुँड जस्तै देखिन्छ। त्यसैले मानिसहरुले चिनियाँ भाषामा त्यसलाई " निओ छाउ" भन्दछन्। त्यो सन् 2003 को डिसेम्बर चौबीस तारिखका दिन निर्माण गरिएको थियो। त्यसभित्र एकान्नव्बे जनाहरुलाई अटाउन सक्दछ।

             आजकाल चार दिने " राम्रो सौभाग्य पैचिङ्ग" सन् 2008 चीनको ट्रेक एण्ड फिल्डको खुलस्त प्रतियोगिका विविध किसिमका खेलहरु साँच्चिनै ओलम्पिक खेलकुदको प्रतियोगिताताकको जस्तै हुनेछन्। प्रतियोगितामा छयालीस खेल राखिएको छ र एघार वटा मुलुक र क्षेत्रहरुबाट आएका नौ सय बत्तीस जना खेलाडीहरु र एकाईस जना अपाङ्ग खेलाडीहरु त्यसमा सहभागी हुँदैछन्। यस पटकको प्रतियोगिताको उद्देष्य खेलाडीहरुलाई वास्तविक एवम् प्रतियोगिता स्थलको परिचय गराउनका साथै सो रंगशालाका प्रबन्ध र सेवायुक्त स्तर पनि परीक्षण गराउनु हो।

            यसअघि ओलम्पिक खेलकुद प्रतियोगितामा एक सय दश मिटर लामो छेकारो दौडमा स्वर्ण पदक प्राप्त गरेका चिनियाँ खेलाडी लीउ स्याङ्गले सो रंगशालाका प्रबन्धहरुबारे निकै उच्च मूल्याङ्कन गर्नुभएको छ। उहाँ भन्नुहुन्छ-  

             प्रतियोगिता स्थलको वातावरण राम्रो छ। विभिन्न पक्षहरु त अन्तर्राष्ट्रिय उच्च स्तरको मापदण्डसम्म पुगिसकेको छ भन्ने महसुस गर्दछु। उहाँको भनाइ अनुसार गतिविधिको तयारीदेखि परीक्षणसम्म त्यसभित्र लगेको हुँदा दर्शकहरु एकदमै उत्साहसित छन्।

             राष्ट्रिय रंगशाला लिमिडेटका उप प्रबन्धक चाङ्ग हङ्ग लीले जानकारी दिंदै के कुरा बताउनुभएको छ भने "निओ छाउ" रंगशालाको बाहिर भाग शान्दार भएको मात्र नभई खेलाडीहरु र दर्शकहरुका लागि पनि मानवियताको डिजाइन पनि छ। जस्तो भनौं – खेलाडी जाने बाटोको लम्बाइ, खेलाडीहरु आराम गर्ने कोठाभित्र दराज राख्नेको संख्या, सञ्चार माध्यमका प्रतिनिधिहरुको कार्यालयमा कुन-कुन ठाउँमा पानी भाण्डो राख्ने भन्ने जस्ता कुराहरुबारे पटक पटक अन्तर्राष्ट्रिय ओलम्पिक समितिसंग छलफल गरेका थियौं र त्यसका साथै विश्वमा केही ठूलो ढाँचे अन्तर्राष्ट्रिय रंगशालाहरुको अनुभव पनि लिएका थियौं।

            यस्तै किसिमको निर्माणयुक्त सिद्धान्तको आधारमा " निओ छाउ" रंगशालाले खेलाडीहरुलाई भ्याएसम्मको सुविधा प्रदान गर्दछ। यस परीक्षण प्रतियोगितामा भाग लिएका अस्ट्रेलियाली खेलाडी ज्याम्स निफ्फेरेस्सले " निओ छाउ"को धेरै प्रशंसा व्यक्त गर्नुभएको छ। उहाँ भन्नुहुन्छ-

            " निओ छाउ"को निर्माण चाहिं एकदमै व्यवसायिक छ। त्यसको गुण-स्तर निकै उच्च छ।

              सो रंगशालाका लम्बाइ तीन सय चालीस मिटर र चौडाइ तीन सय मिटर छ। भित्र खाम्बाहरु छन् र सीटहरु पनि रंगशालाको चारैतिर मिलाइएका छन्। यस्तै खालको डिजाइनले गर्दा जुनसुकै ठाउँमा बसे पनि सो रंगशालाको केन्द्र बीचको दूरी एक सय चालीस मिटर लामो हुन्छ। त्यसैले सबैले स्पष्ट रुपमा देख्न पाउँछन्। यस पटकको खुलस्त प्रतियोगितामा भाग लिएकी ह लान फाङ्ग नाउँको खेलाडीले भन्छिन-  

              प्रतियोगितालाई हेर्न एकदमै राम्रो छ। यहीं बसेर मैले स्पष्ट ‌रुपमा हेर्न सक्दछु। अन्यत्र यति ठूलो रंगशालामा यति अग्लो ठाउँमा बसेर हेर्दा त्यती स्पष्ट हुँदैन होला। त्यसैले मैले एउटा दुर्बीन पनि ल्याएको छु। संरचनाबाट हेर्दा दुर्बीनको पट्टकै आवश्यक छैन। " निओ छाउ" रंगशालाको डिजाइन कति राम्रो रहेछ।

            " निओ छाउ" रंगशाला चौतर्फी रुपमा खुला भएपछिको दुई दिनभित्र त्यसले आफ्ना मानविय डिजाइन, राम्रोसित सेवा र बाहिरको भागको शान्दार दृश्यले गर्दा प्रायः सबै मानिसहरु प्रभावित भएका छन् र उच्च प्रशैसा पनि गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040