|
चिनियाँ वातावरण संरक्षण मन्त्रालयका उप मन्त्री ऊ स्याउ छिङ्गले तेईस तारिखका दिन पैचिङ्गमा बोल्दै अहिलेसम्म स छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रहरुमा अरु कुनै खालका भयन्कर वातावरणीय घटनाहरु नघटेको बताउनुभएको छ।
राज्य परिषदको सूचना कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भूकम्प गएपछि वातावरणिय एकाइहरुले प्रकोपग्रस्त क्षेत्रहरुमा खानेपानीको सुरक्षालाई पहिलो स्थानमा राखी चौतर्फी रुपमा वातावरण सम्बन्धी खतर्नाक अवस्थालाई हटाउँदै आएको बताउनुभएको छ।
उहाँको भनाइ अनुसार बाईस तारिखसम्म प्रकोपग्रस्त क्षेत्रहरु र त्यस नजीक भएका जिल्ला र नगरहरुमा खानेपानीको गुण-स्तर सम्बन्धी लक्षित मापदण्डसित मेल खानेछ।
|