china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिकाको अन्तर्राष्ट्रिय विकास व्यूरो, तुर्कमानिस्तान, पाकिस्तान आदि मुलुकहरुबाट उद्धार सामान तथा चिकित्सा सहसता प्रदान
    (GMT+08:00) 2008-05-23 21:03:44    

             चीनको वाणिज्य मन्त्रालयले जनाए अनुसार, आज विहान दश बजेसम्म सम्बन्धित अन्तर्राष्ट्रिय संगठन तथा मुलुकले चीनको स छुआनको वन छुआन जिल्लामा गएको भयङ्कर भूकम्पबाट प्रभावित क्षेत्रको उद्धारका लागि प्रदान गरेको कूल रकम दुइ करोड पाँच लाख पचास हजार अमेरिकी डलर बराबर भएको छ।

             बितेका केही दिनमा अस्ट्रेलिया, इटली, ब्राजिल, अमेरिकी अन्तर्राष्ट्रिय विकास आयोग, तुर्कमनीस्तानले चीनमा गएको भूकम्पबाट पीडित क्षेत्रलाई रकम तथा चिकित्सा सम्बन्धि प्रवन्धहरु उद्धारका लागि प्रदान गरेका छन।

             प्राप्त जानकारी अनुसार, अस्ट्रेलिया सरकारले आज भूकम्प प्रभावित क्षेत्रलाई थप दश लाख अस्ट्रेलियन डलर अर्थात नौ लाख पचास हजार अमेरिकी डलर बराबर उद्धार सामग्री प्रदान गरेको छ।

             इटली सरकारले चीनलाई प्रदान गरेको तै‌तीस लाख यूरो बराबर सामग्री तथा नगद सहायता आज स छुआनमा भूकम्पबाट प्रभावित क्षेत्रमा पुगेको छ।

             हिजो विहान अमेरिकी अन्तर्राष्ट्रिय विकास आयोगले प्रकोपबाट प्रभावित मानिसहरुलाई थप सहायता प्रदान गरेको आठ लाख पन्ध्र हजार अमेरिकी डलर बराबर उद्धार सामग्री स छुआनको सदर मुकाम छङ तुमा आईपुगेको छ।

             तुर्कमनीस्तानबाट प्रदान गरिएको उद्धार सामग्री हिजो राती चीनको कानसु प्रान्तस्थित लान चौ चुङ छुआन विमानस्थल आईपुगेको छ। ती सामग्रीमा लुगाफाटा, सिरक, औषधि तथा चिकित्सा सम्बन्धी प्रबन्धहरु समावेश छन्।

             थाहा भएअनुसार आज तेईस तारिखका दिन पाकिस्तान सरकारले चीनको भूकम्पग्रस्त क्षेत्रलाई चन्दाका रुपमा बाईस हजार दुई सय साठी वटा पाल प्रदान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040