
पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र ज्योति रिले दोस्रो दिनको कार्यक्रम आज चौबीस तारिखका दिन चीनको पूर्वी नगर शाङ्ग हाइमा सम्पन्न भयो।
यस अघि अर्थात् तेईस तारिखका दिन मुख्य रुपमा शहरी क्षेत्रमा गरिएको रिले-कार्यभन्दा फरक दखिएको छ। आजको रिले-कार्यक्रम शाङ्ग हाइ नगरको कछाड क्षेत्रमा चलाइएको छ।

शुभारम्भ समारोहमा त्यहाँ भेला भएका मानिसहरुले चीनको स छुआन प्रान्तको वन ठुआनमा गएको प्रलयकारी भूकम्पमा परी मरेकाहरुप्रति एक मिनेटसम्म मौन धारण गरी शोक व्यक्त गरेका छन्।
शाङ्ग हाइमा रिले गर्ने बाटोको लम्बाइ दुई सय किलोमिटर छ। त्यसमध्ये ठाउँ-ठाउँमा रिले गरिएको दूरी तीस किलोमिटर छ भने साइकलव्दारा एक सय सत्तरी किलोमिटर छ।
भोलि अर्थात् पच्चीस तारिखका दिन उक्त पवित्र ज्योतिको रिले-कार्य चीनको च्याङ्ग सु प्रान्तमा चलाइने छ।
|