|
राज्य परिषद अन्तर्गत भूकम्प प्रतिरोध तथा उद्धारको प्रधान निर्देशनालयको तेह्रौं सम्मेलन तेईस तारिख राती स छुआनको रेल-गाडीमा बसेको थियो। चीनका प्रधान मन्त्री एवम उक्त प्रधान निर्देशनालयका प्रमुख निर्देशक वन च्या पोले त्यस सम्मेलनको अध्यक्षता गर्नुभयो। त्यस सम्मेलनले सरुवा रोगको प्रतिरोध सम्बन्धी स्वास्थ्य कार्यबारे छलफल गरी उक्त प्रलयकारी भूकम्पपछि प्रकोपग्रस्त क्षेत्रहरुको पुनर्निर्माण गर्ने सम्बन्धी व्यवस्थापन टोलीको पनि गठन गर्ने निर्णय गरेको छ।
थाहा भएअनुसार उक्त टोली चिनियाँ राष्ट्रिय विकास एवम् सुधार आयोग, स छुआन प्रान्त सरकार र आबास तथा नगर-बस्ति मन्त्रालय एवम सम्बन्धित विभागहरुका जिम्मेवार व्यक्तिहरबाट गठित हुनेछ। त्यस सम्बन्धि योजना-प्रस्ताव तीन महिनाभित्र पूरा हुने छ।
|